साइनो समाचारदाता
काठमाडौं । नेपालमा कोरोना सङक्रमितको सङख्या ७ सय ७२ पुगेको छ । आज ९० जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना पोजेटिभको संख्या ७ सय ७२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार आज देशका विभिन्न प्रयोगशालामा गरीएको परीक्षणमा थप ९० जना कोरोना संक्रमित देखा परेका हुन् ।
आज थप भएकाहरुमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला टेकूको परीक्षणमा ३५ जना संक्रमित भएको पुष्टि भएको छ । आज थप भएका ९० जनामा महोत्तरी, बारा, रौतहट, रुपन्देही, भेरी, नेपालगञ्ज, स्याङजा, सिराहा, धनुषा, जुम्ला र नुवाकोटका रहेका छन् । प्रादेशिक नतिजा अनुसार प्रदेश १ को आइसोलेसनमा ६० जना, प्रदेश २ मा १९१ जना, बागमती प्रदेशमा २६ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश ५ मा २६३ जना रहेका छन् । कर्णाली प्रदेशमा २५ जना र सुदुरपश्चिम प्रदेशमा १२ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
















