साइनो समाचारदाता पथरी/
ग्रेस प्ल्याटफर्मद्धारा कोभिड–१९, का कारण दैनिक ज्यालामजदुरी गर्दै हातमुख जोड्ने समस्या भएका विपन्न ३० परिवारलाई राहत वितरण गरेको छ ।
पथरी शनिश्चरे–२, शान्ति चोकमा अवस्थित ई. बि. सी. चर्च आवद्ध ३० परिवारलाई राहत आर्थिक सहयोग रे अफ होप इन्टरनेश्नल फेलोसिप चर्च अफ लाङ्कास्टरका सदस्यहरुले गर्नु भएको थियो ।

पथरी शनिश्चरे नगरपालिकासँगको समन्वयमा गरिएको उक्त राहत वितरणमा प्रत्येक परिवारलाई २५ के.जी. चामल, २ के.जी. दाल, १ लिटर तेल, १ के.जी. नुन, २ वटा सावुन र ३ थान मेडिकल माक्स प्रदान गरिएको थियो ।
ई. बि. सी चर्च, जवान कमिटि पथरीका अध्यक्ष तथा तराई बप्तीष युथ फेलोसिपका सचिव श्री कल्याण बजगाईको पहल र ई.बि.सी चर्चका जोन सुब्बाको संयोजनमा ३० परिवारलाई राहत वितरण गरेको हो ।
ग्रेस प्ल्याटफर्म नेपाली इसाई जगतको साङ्गितिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल संस्था हो ।
















