गाईलाई करणी गर्ने प्रहरीका असई धरानमा पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

गाईलाई करणी गर्ने प्रहरीका असई धरानमा पक्राउ

धरान / सुनसरीको धरान १४ विजयपुरस्थित गणेश चोकमा एक व्यक्ति गाईलाई करणी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै स्थानीयले मरणासन्न हुने गरि कुटपिट गरेका छन् ।गणेश चोकमा वासुदेव भट्टराईको गोठमा गाईलाई करणी गर्दै गरेको अवस्थामा रंगेहात ती व्यक्ति फेला परेका थिए । उनलाई स्थानीयले गणेश मन्दिरको रेलिङमा बाँधेर मरणासन्न हुने गरी कुटपिट गरेका थिए । ती व्यक्तिको घर विजयपुरकै नयाँ सडकमा रहेको छ । उनी नेपाल प्रहरीको पुर्वअसई समेत हुन ।

स्थानीयका अनुसार उनलाई यसअघि पनि ३ पटक भेटेको र सम्झाई बुझाई पठाइएको थियो । तर, फेरी राती करिब ९ बजे गाईलाई करणी गर्दै गरेको अवस्थामा भेटेपछि स्थानीयले बाँधेर कुटेका थिए । गाई गोठमा छिरेर करणी गर्दै गरेको अवस्थामा स्थानीयले नाङ्गै फेला पारेपछि प्रहरीलाई जिम्मा लगाएको हो । पूर्व असइ पदबाट अवकास प्राप्त दुर्गा लुइँटेललाई करणी गर्दै गरेको अवस्थामा राति साढे ८ बजेतिर स्थानीयले भेटेपछि सामान्य कुटपिट गरेर विजयपुर चोकस्थित प्रहरी चौकीलाई खबर गरेका थिए ।

तीन दिन अघि पनि भट्टराईको गोठबाट नाङ्गै निस्किएको र लुगा लगाउँदै गरेको अवस्थाको सिसी क्यामेरामा भिडियो कैद भएको स्थानीयले फेला पारेका थिए । उनी मानसिक रोगी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनी धरान–१४ नयाँ टोल निवासी हुन् । उनी काठमाडौं बस्दै आएको स्थानीयहरुले बताएका छन ।

पुर्वेली न्यूजबाट साभार

सम्बन्धित खवर