कुन जिल्लामा कति संक्रमित?
साइनो समाचारदाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सोमबारसम्म १ लाख २ सय ८३ जनाको कोभिड १९ को परिक्षण गरेको जनाएको छ । पिसिआरबाट ३० हजार ७ सय २३ र आरडिटिबाट ६९ हजार ५ सय ६० जनाको परीक्षण गरेको हो ।
मन्त्रालयको अनुसार पीसीआर परीक्षण गरिएको मध्ये ३० हजार ३ सय ६६ जनामा सक्रमण देखिएको छैन भने ३ सय ५७ जनामा कोभिड १९ पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको तथ्याङ्कमा २० हजार ९० जना क्वारेन्टाइनमा रहेको, ४ सय १३ जना आइसोलेसनमा रहेको, ३६ जना निको भएको र २ जनाको मृत्यु भएको उल्लेख छ । विश्वभरमा ४५ लाख ८९ हजार ५ सय २६ जनामा संक्रमित देखिएको छ । ३ लाख १० हजार ३ सय ९१ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
कुन जिल्लामा कति संक्रमित?

















