साइनो समाचारदाता
काठमाडौ । नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको १८ आंै संस्करणको उपविजेता भएका छन् । उनी केही समय अघि उत्कृट पाँच परेका थिए ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका थिए । कुनै पनि नेपालीले विश्व चर्चित रियालिटी सोमा यस अघि उपाधि पाएका थिएन । पोखरेललाई अमेरिकन आईडलको उपाधि दावेदारका रूपमा हेरिएको थियो । तर जस्ट साम नामकी अमेरिकी युवतीले उपाधि जितिन् । अन्तिम प्रस्तुतिमा दुईबाट गीत गाउनु पर्नेमा दिवेशले आई डन्ट वान्ट टु बी बोलको पहिलो गीत गाए ।
















