साइनो समाचारदाता
मोरङ । अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङले विपन्न ५० जनाथरी शनिश्चरे नगर क्षेत्रमा सिटी सफारी, ट्याम्पु कुदाउने यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ ।
विदेशमा बस्ने विभिन्न ब्यक्तिहरुले संगठनलाई सहयोग पठाएपछि मजदुर हरुलाई २५ किलो चाम, एक एक किलो दाल र चामलको दरले राहत वितरण गरेको अखिल नेपाल यातायात मजदुर संघ जिल्ला समिति मोरङका अध्यक्ष पूर्ण कार्कीले बताए । यातायात मजदुर संगठनलाई नगरबाट गएर क्यानडा बस्ने छत्र खतिवडा, र्हक खतिवडा सुकर मुक्तान,अमिरिकाबाट रविन बराइली, पुर्ण चौहान, सागर सार्की, अष्ट्रेलियाबाट डिस काफ्ले, कुष्ण कुइकेललगायतले सहयोग पठाएको अध्यक्ष पूर्ण कार्कीले बताए । वितरण कार्यक्रममा संगठनका कोषाध्यक्ष नवीन झोडाली, सहसचिव डिल्ली सिह राई उपस्थिति रहेको थियो ।

















