पथरी
सरकारले कोरना भाइरस संक्रमण रोकथामका लागी ‘लकडाउन’गरेको ५३ औं दिन वित्दा सर्वसाधरण लाई सास्ती व्योहोरीरहदा पुर्वी मोरङ्गका राजमार्गमा हिडने माग्ने र भिखारीको विजोग भएको छ ।
पुर्वी मोरङ्गको उर्लावारी देखी वेलवारीका सडकमा दिनै हिडने माग्ने र भिखारी ‘लकडाउन’को समयमा पनि सडकमा हिडिरहेका भेटिन्छन् । मानसिक सन्तुलन गुमाएका, भारतिय मुलका भिखारी र मगन्ते यी सडक खण्डमा वाक्लै भेटिने गरेका छन् ।
‘लकडाउन’ अघि उनीहरू दिनभरमा सहर बजारमा मागेर खान्थे । साँझ जङ्गल छेउछाउका मन्दिर,पाटी र गुम्बामा आस्रय लिएर बस्ने गर्थे । तर, सरकारले‘लकडाउन’ घोषणा गरेयता ति माग्ने र भिखारीहरूलाई समस्या भएको हो । स्थानिय वजारमा माग्ने उनीहरु वजार वन्द भए संगै समस्यामा परेका हुन् ।
मोरङको पूर्व पश्चिम राजमार्गसँगै जोडिएको वजार पथरी र कानेपोखरीमा भएका त्यस्ता भिखारी र मागी खानेहरूले पानी सम्म पिउन नपाएको स्थानीयको भनाई छ । होटल, फलफूल पसल , किराना पसल सबै बन्दछन् । ब्यापारीहरू आफैं सङ्कटमा परेको बेला भिखारी, मगन्ते र मानसिक सन्तुलन गुमाएका मानिसहरूलाई कसले खान दिने ?स्थानियवासीको भनाइ रहेको छ ।
भारत वाट आउने कोइला बोकेर नेपाल आएका भारतीय गाडीले समेत भिखारी र मगन्ते ल्याउने गरेको स्थानियवासी वताउछन् यसरी भारतिय ट्रकमा आएका भिखारी नेपालका सडकमा वाट भित्री वजार सम्म पुग्ने गरेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारीबाट पश्चिम तर्फ बेलबारीसम्म उत्तर –दक्षिण जङ्गल क्षेत्रपर्छ । सोही क्षेत्रमा गाडीले भिखारी र माग्नेलाई छोडिदिने गर्छन् ।
















