साइनो समाचारदाता
धनकुटा । किरात धर्म संरक्षक गुरु देवबहादुर तुम्बापोको शोक सभा सम्पन्न भएको छ । शोक सभामा तुम्बापो सयङ पान्जुम्भोका भुपु केन्द्रीय सचिव, पापोहाङ एकता सामाज भुपू केन्द्रीय उपाध्यक्ष साथै तुम्बापो वंशावली खोज संकलक थाकुहाङ योगेन्द्र तुम्बापो प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

तुम्बापो समाज सेवा संघ नेपाल केन्द्रीय सचिव कबिन तुम्बापो लिम्बू र केन्द्रीय सदस्य भक्त तुम्बापो लगायतका ब्यक्तिहरुले शोक सभा सम्बोधन गरेका थिए । चौविसे धनकुटाका तुम्बापो समाजहरुको भेलामा किरात धर्म दर्शन संरक्षण प्रचार प्रसारमा गुरुको अथक योगदानको चर्चा गरिएको थियो । गाउँ शाखा समितिका अध्यक्ष उमेश तुम्बापोको सभापत्तित्वमा सम्पन्न कार्यक्रम जिल्ला धनकुटा शाखाको उप सचिव दिलकुमार तुम्बापोले सन्चालन गरेका थिए ।
विश्व किरात महासंघ नेपाल र किरात धर्मका संरक्षक गुरु लाफयङ देव बहादुर तुम्बापोको गत बैशाख २२ गते सोमबार निधन भएको थियो । दुई बर्ष अघि पक्षघात भई थलिएका उनको इलामको चुलाचुली १ हातिलेदास्थित आफनै निवासमा निधन भएको थियो । वि.सं. २००१ साल मंसिर १० गते बुबा काशिहाङ र आमा कौशिलाको कान्छा सुपुत्रको रुपमा पान्थरको फिदिम नगरपालिकाको चोकमागुमा जन्मिएका किरात धर्म गुरु तुम्बापो इलामको चुलाचुलीमा बस्दै आएका थिए । महागुरु फाल्गुनन्दको सद्मार्गलाई पछयाउदै आएका उनले विभिन्न मुन्धुमहरु मध्ये चम्जिक मुन्धुमका प्रखर मानिन्थे । गत वर्ष श्रीमती गुमाएका किरात धर्म गुरु ‘लाफायोङ्’ देव बहादुर तुम्बापोका १ छोरा १ छोरी रहेका छन् । किरात धर्मगुरु तुम्बापोले किरात धर्म, संस्कृति, संस्कार, भाषा लिपि संरक्षण, विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउँदै आएका थिए ।
















