साइनो समाचारदाता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने भनिएको बैठक फेरि पनि स्थगित भएको छ ।
भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसदबाहेक अरु नेताको परीक्षण नगरिएको भन्दै बैठक स्थगन गरेको बताइएको छ । बैठक तय गर्दै, स्थगित गर्दै आएको स्थायी कमिटीको बैठक अब कैले बस्ने भन्ने बारे तय गरिएको छैन ।
















