साइनो समाचारदाता
काठमाडौ । प्रदेश २ को धनुषा जिल्लामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनाएका छन् । मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गए राति १०ः१५ वजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती जारी गर्दै हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको जनाएको थियो । धनुषामा आज २ जना थपिएसँगै संक्रमितको संख्या २ सय १९ पुगेको हो । मंगलबार मात्रै ८३ जना कोरोना भाइरसका संक्रमित थपिएको थियो ।
कुन जिल्लामा कति संक्रमित ?
मन्त्रालयकाअनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निको भएर घर फर्किसकेका छन् । थप २ जनाको मन्त्रालयको वेव साइटमा उल्लेख गरेको छैन ।
मन्त्रालयको वेव साइटको अनुसार हालसम्मा ५९ हजार ६ सय २७ जनाको आरडीटीबाट भाइरसको परीक्षण गरिएको छ । पीसीआरबाट १८ हजार ९ सय ९० जनाको परीक्षण गरिएको मध्ये १८ हजार ७ सय ७३ जनमा संक्रमण देखिएको छैन । त्यस्तै १२ हजार ७ सय ८५ जना क्वारेन्टाइनमा रहेको, २ सय २८ जना आइसोलेसन रहेका र ३३ जना निको भएको मन्त्रालयले जनाएको छ ।
विश्वभरीको कोरोना रिपोटविश्वभरीमा ४० लाख५८ हजार २ सय ५२ जनामा संक्रमित देखिएको र २ लाख ८१ हजार ७ सय ३६ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















