
साइनो समाचारदाता
काठमाडौ । मंगलबारसम्ममा कोरोना संक्रमित १ सय ९१ मध्ये ३३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज फेरि थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । वीरगन्जका दुई जना पत्रकारलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। वीरगन्जमा एकैदिन थपिएका पर्सा जिल्लाका ३९ जना कोरोना संक्रमितमध्ये दुई जना पत्रकार रहेको खुलेको छ। नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । हिजो नेपालमा थप १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
मंगलबारसम्ममा ५८ हजार ५ सय ४६ जनाको आरडीटीबाट भाइरसको परीक्षण गरिएको छ । पीसीआरबाट १७ हजार ८ सय ७८ जनाको परीक्षण गरिएको मध्ये १७ हजार ६ सय ८८ जनमा संक्रमण देखिएको छैन । त्यस्तै १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेको, १ सय ५३ जना आइसोलेसनमा रहेका छन् ।
विश्वभरीको कोरोना रिपोटविश्वभरीमा ४० लाख १३ हजार७ सय २८ जनामा संक्रमित देखिएको र २ लाख ७८ हजार ९ सय ९३ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।न् ।
















