पथरी
‘लकडाउन’का कारण सामाजीक भत्ता लिन वैक सम्म पुग्न नसक्ने वृद्ध र असाहयका लागी पथरीशनिश्चरेको १०नम्वर वडाले घरमै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराउन सुरु गरेको छ । वडा अध्यक्ष सागर राईको अग्रसरतामा वृद्ध र असाहाय लाई घरमै पुगेर भत्ता उपलव्ध गराउन थालिएको अध्यक्ष राईले जानकारी दिए । स्थानिय देव विकास वैकका कर्मचारी र वडा जनप्रतिनिधीको टोली सामाजीक सुरक्षा भत्ता उपलव्ध गराउन सेवाग्राहीकै घरमा पुग्दै आएको राईले जानकारी दिए । कोरना भाइरसको संक्रमण नफैलियोस भनि सरकारले ‘लकडाउन’गरेको वेला वृद्ध र असाहयालाई वैक सम्म जान नपरोस भनेर सो कार्य गरिएको हो । भत्ता वितरण पनि सामाजीक दुरी कायम गरि वितरण गरिदै आएको छ ।
वैकमा भिड नहोस भनेर पनि यो कार्य गरिएको अध्यक्ष राईले जानकारी दिए ।
















