साइनो समाचारदाता
पथरी । सिरिजंगा धार्मिक बन पथरी शनिश्चरेमा चुम्लुङ भवन निर्माण हुने भएको छ । धार्मिक वनमा रहेको जग्गामा बन्ने भवनको शनिबार नगर प्रमुख दिलिप कुमार राईले सिलान्यास गरे ।

आर्थिक वर्ष ०७६र०७७ मा प्रदेश सरकारबाट ससर्त अनुदान ४५ लाख र उपभोक्ताबाट ५ लाख ४४ हजार २४६ रुपैया गरेर जम्मा ५० लाख ४४ हजार २४६ रुपैयामा भवन बन्ने भएको हो । सो भवन निर्माण सम्पन्न गर्नका लागि १ करोड १३ लाख लाग्ने प्राविधिक लागत स्टिमेट रहेको छ । सिरजिंगा चुम्लुङ भवन २ वर्ष भित्रमा आधुनिक सुविधा सम्पन्न र मौलिकता झल्कने गरिको निर्माण सम्पन्न गरिने किरात याक्थुङ चुम्लुङका नगर सचिव प्रेम बहादुर लिम्बूले बताए ।
















