साइनो समाचारदाता
पथरी । कोरोना (कोभिड १९) महामारीले संसारलाई प्रभाव पारेको छ । यो महामारी विरुद्ध लड्नहरुको लागि हामीले के के गर्न सक्छौं ? दीपावली गर्न सक्छौं, ताली वा प्राथना गर्न सक्छौं तर नेपालका पूर्व राष्ट्रिय भलिबल खेलाडी पवन तेयुङ लिम्बूले शनिबार पृथक शैली अपनाएका छन् ।
लिम्बु कोरोना महामारीविरुद्ध लड्न आत्मबल मिलोस् भन्ने उद्देश्यले हिन्द सागरको ६० मिटर पानीको गहिराइमा बिहान ९ः१५ देखि १०ः१५ सम्म जलयात्रामा निस्किए । समुन्द्रमा ३० मिटर भन्दा गहिराईमा जलयात्रा खतरा मानिन्छ । मलेसियाका जेनिफर, ड्राइभ इन्ट्रक्टोरसँग पौडिएका पवनले नेपाली झण्डासहित जलयात्रामा निस्किएका थिए ।
तेह्रथुमको सोल्माका पवन वि.सं. २०६८ सालमा राष्ट्रिय भलिबल खेलाडी थिए भने पूर्वाञ्चलबाट क्याप्टेन थिए । २०६९ सालदेखि विदेसिएका पवन माल्दिभ्समा छन् । माल्दिभ्सबाटै नै पवन जलयात्रामा निस्किएका हुन् ।