साइनो समाचारदाता
काठमाडौ । कोरोना (कोभिड १९) संक्रमित १ सय ९ मध्ये ३१ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज मन्त्रालद्वारा जारी विज्ञप्ति अनुसार काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि छ । उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरू र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरू तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
शनिबारसम्म ५५ हजार ९ सय ३० जनाको आरडीटीबाट परीक्षण गरिएको छ । पीसीआरबाट १६ हजार ३ सय ९ जनाको परीक्षण गरिएको मध्ये १६ हजार २ सय संक्रमण देखिएको छैन । त्यस्तै १४ हजार ९ सय ९२ जना क्वारेन्टाइनमा रहेको, १ सय ४३ जना आइसोलेसनमा रहेका छन् । विश्वभरीमा ३८ लाख २२ हजार ३ सय ८२ जनामा संक्रमित देखिएको र २ लाख ६३ हजार ६ सय ५८ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
















