कोरोना संक्रमितको संख्या १ सय ९ पुग्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

कोरोना संक्रमितको संख्या १ सय ९ पुग्यो

साइनो समाचारदाता

काठमाडौ । कोरोना (कोभिड १९) संक्रमितको संख्या १ सय ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालद्वारा जारी विज्ञप्ति अनुसार काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको हो । उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरू र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरू तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुषमा संक्रमण देखिएको हो । स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

५४ हजार ५ सय ३१ जनाको आरडीटीबाट परीक्षण गरिएको छ । हालसम्ममा पीसीआरबाट १५ हजार ४ सय ९९ जनाको परीक्षण गरिएको मध्ये १५ हजार ३ सय ९० जनामा संक्रमण नदेखिएको, १५ हजार ६ सय २४ जना क्वारेन्टाइनमा रहेको, १ सय ३५ जना आइसोलेसनमा रहेको र ३० जना निको भएका छन् । विश्वभरीमा ३७ लाख २६ हजार २ सय ९२ जनामा संक्रमित देखिएको र २ लाख ५७ हजार ४ सय ५ जना कोरोनाबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

सम्बन्धित खवर