
साइनो समाचारदाता
काठमाडौं । राष्ट्रियसभा संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा चयन भएकी छिन् । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले देबकोटालाई मनोनयन गरेका हुन् । २ वर्षे कार्यकाल समाप्त भएपछि उनी गत फागुन १९ गतेबाट राष्ट्रियसभाबाट विदा भएकी थिइन् ।
काँग्रेस संसदीय दलको विधान ९ संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १३ को उपधारा ९२० बमोजिम रिक्त रहेको संसदीय दलको सचेतकमा देवकोटालाई मनोनित गरेका हुन् । यसअघि राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकको जिम्मेवारी सरिता प्रसाईले सम्हालेकी थिइन् ।
















