नेपालगन्जमा थप जटिल बन्न नदिन देउवाको माग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नेपालगन्जमा थप जटिल बन्न नदिन देउवाको माग

साइनो समाचारदाता

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेपालगन्जमा थप जटिल बन्न नदिन माग गरेका छन् ।

नेपालगन्जमा युद्धस्तरमा परीक्षण व्यापक रुपले गरेर स्थिति थप जटिल बन्न नदिन र सन्त्रासमा रहेका नगरवासीलाई आश्वस्त राख्न, साथै देशभर पिसिआर प्रविधिद्वारा परिक्षण द्रुत गतिमा विस्तार गर्न उनले माग गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर तीन बिशेष ध्यानाकर्षण गराउंदै, त्यसबारेमा तत्काल कार्य गर्न गराउन आग्रह र माग गरेका छन् । कुवेत सरकारको सेल्टरमा राखिएका करिब ३ हजार एवं मध्यपूर्वका अन्य देशमा अप्ठ्यारोमा रहेका र विश्वभर अप्ठ्यारोमा रहेका नेपालीलाई क्रमशः उद्दार गर्ने बारे सरकारले ब्यवस्थित योजना बनाएर क्रमशः कार्यान्वयन गर्न र सिमा नाकामा क्वारेन्टाइनमा बसेको महिनादिन पुगिसक्दापनि अझै कयौंले देश आउन नपाएको स्मरण गराउंदै तिनलाई आउन दिन एवं भारतको विभिन्न राज्यमा अलपत्र परेका नेपालीलाई उद्दार गर्ने ब्यवस्था मिलाउन उनले आग्रह गरेका हुन् ।

 

सम्बन्धित खवर