साइनो समाचारदाता
काठमाडौं । लकडाउनको सीमा भोलि सकिदै गर्दा पुनः जेठ ५ गतेसम्म लकडाउन लम्ब्याइएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो ।
मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि जारी छ । आज लकडाउन भएको ४४ औ दिन पुग्दा नेपालमा ८२ संक्रमित भएको पुष्टि भैइसकेको छ ।
















