साइनो समाचारदाता
काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने सैबैधानिक बाध्यतामा रहेको सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो मिति तय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो। नेपालको संविधान २०७२ मा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था छ। जेठ १५ अघि सरकारले बजेको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।
















