प्रथाजनित संस्थाको सूचना प्रभावकारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रथाजनित संस्थाको सूचना प्रभावकारी

मुना मोक्तान (रामेछाप)

कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न आदिवासीका परम्परागत वा प्रथाजनित संस्थाहरुको भूमिका महत्वपूर्ण हुने देखिएको छ । त्यस प्रकारका प्रथाजनित संस्थाहरुले महामारीबाट जोगाउन समुदायलाई  प्रबाह गर्ने सूचना प्रभावकारी भएका कारण प्रथाजनित संस्थाको भूमिका महत्वपूर्ण देखिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्र बस्न आदिवासीका प्रथाजनित संस्थाहरुले आफनै प्रणाली मार्फत सूचना प्रबाह गर्ने गरेका छन् । थारु समुदायको परम्परागत संस्था बडघरबाट बाँके बर्दिया, कैलाली, कन्चनपूर, दाङ जिल्लाका अधिकाँश टोलहरुमा चिराकी मार्फत सूचना दिने गर्दछन् । आदिवासी थारुको परम्परागत संस्थामा चिराकीलाई समुदायमा सूचना दिने जिम्मेवार पद मानिन्छ । उनीहरुले समुदायमा कोरोना भाइरस संक्रमण रोक्न परम्परागत विधिबाट दिइएको सूचना समुदायमा हुबहु पालना भएको छ । त्यसैगरी,लमजुङको खासुरमा स्योर्पोले दिएको घरभित्रै रहने, बाहिरीयालाई आवतजावत गर्न नदिने सरसफाईमा ध्यानदिने लगायतको सूचना पनि स्वतः स्फुर्त पालना भएको छ । गोरखा वारपाकस्थित घले आदिवासी समुदायको कटुवाल प्रथाअनुसार बारपाक गाउँमा पनि सूचना सरकारले दिनभन्दा अगावै समुदायमा पु¥याइएको छ । मुस्ताङको नाउरीकोटमा बाहिरबाट मानिस आउन र भित्रबाट अन्यत्र जान घम्प प्रणालीको सक्रियतामा  स्थानहद जारी गरिएको छ । बाहिरको मानिस आएमा जरिवाना गर्ने र समुदायमा छिर्न नदिने निर्णय गरिएको छ । र अन्यगाउँहरुमा घम्पहरुलाई सोहि बमोजिम निर्णय गर्न अनुरोध गरिएको कुरा जानकारीमा आएको छ ।

बाह्र गाउँलेहरुको खिन्जागाउँमा सुरक्षित रहने र अरुलाई पनि राख्ने सूचना (ह्रोलो) दिने र मुखियाहरु समेतको समुदायको छलफलबाट आइसोलेसन घरसमेत तोकिएको जानकारीमा आएको छ । सरकारले आदेशजारी गर्न अगावै सन्थालहरुको परम्परागत संस्था मझिहडम बसेर सन्थाल भाषामा पर्चा बनाई गोडेत्मार्फत समुदायलाई सूचनादिने कार्य भएको छ । धिमालहरुको परम्परागत संस्था माझीवाराङले उर्लाबारी नगरपालिका वडानम्बर ३ सालबारी, वडा नं ९ अठियाबारीमा सबैको सुस्वास्थ्यको आध्यात्मिक विधिसमेत गरेर सूचना गराईएकोछ । परम्परागत संस्था र कानून नैतिकबन्धनकारी भएपनि प्रभावकारी रहेको केही उदाहरण हुन ।

नेपालका आदिवासीका समुदायमा आजसम्म कायम रहेको प्रथाजनित संस्थाहरु बडघर, भलमन्सा र महटँवा (थारु), घम्प÷तेह्र मुखिया प्रणाली (थकाली) घम्पा (बाह्रगाउँले), मझीहडम (सन्थाल), गुथी (नेवाः), माझीवाराङ (धिमाल), गुरुङ (स्यार्पो), तामाङहरुको चोहो परम्परा, वारपाकका घलेहरुको कटुवाल प्रथालगायत छन् । सरकारले विभिन्न सुरक्षात्मकउपायहरुको प्रचार प्रसारको साथै २०७६ चैत्र ११ गते देखि २०७७ बैशाख २५ गतेसम्म लकडाउन गर्ने निणर्य गरेको छ । लकडाउनको अवधिमा घरभित्र नै बस्नु पर्ने कलकारखाना, व्यापार तथा व्यबसाय गर्न नपाइृने कानुनी व्यबस्था छ । शहरी इलाकामा यस्तो लकडाउन पालना गर्न गराउन सरकारस् संयन्त्र सक्रिय रहे पनि लकडाउन उल्लंघन गर्नेको संख्या पनि त्यत्तिकै छ । तथापि परम्परागत विधिबाट गरिएको लकडाउनको सूचना समुदायमा सक्रिय रहेको आदिवासी अभिन्ताहरुको दावी छ ।

जानकारहरुका अनुसार घरभित्र बसी सजग र होसियार भएमा महामारीबाट बच्न मद्धत पुग्दछ । तर सरकारको लकडाउन गर्ने निर्णय कडाईको साथ कार्यान्वयन गर्न  सुरक्षाकर्मीले शहरी क्षेत्रमा बलसमेत प्रयोग गर्नु परेको छ । नेपालपक्षराष्ट्र भएको अन्तर्रा्ष्ट्रिय श्रम संगठन महासन्धि नंम्बर १६९ र आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र २००७ले यी प्रथाजनित संस्थालाई मान्यता दिएको छ । त्यसैले सरकार र स्थानीय अधिकारीले पनि प्रथाजनित संस्थालाई सम्मान र सहयोग गर्न जरुरी छ । र प्रथाजनित संस्थाहरुसंग सहकार्य गरी संक्रमण रोक्ने प्रयास अझ प्रभावकारी बन्नेमा द्विुविधा छैन ।  आदिवासीको आफ्नो सामुहिक साँस्कृतिक मूल्य मान्यता अन्र्तगत आफ्नो समुदाय र अरु समुदायलाई पनि जोगिने र जोगाउने विषय समेत पर्दछ ।

(साभारः इन्डिजिनियस फिचर सेवा)

सम्बन्धित खवर