साइनो समचारदाता पथरी/ पथरी काठमाडौ मैत्री समाजले मोरङ्गका विभिन्न पालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ६० पिस पिपिई वितरण गरेको छ । कोभिड १९ को महामारीमा पथरी काठमाडौ मैत्री समाजले पुर्बी मोरङका पालिकामा कार्यरत स्वास्थकर्मीका लागि स्वास्थ चौकी तथा अस्पतालमा कार्यरत स्वस्थकर्मीहरुलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री ( पि पि इ) हस्तान्तरण गरेको हो ।

समाजका संस्थापक संयोजक टीका गौतमको पहलमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले उपलब्ध गराएको पि पि ई बुधबार र बिहीवार गरेर पथरीशनिचरे नगरपालिका, रतुवामाई नगरपालिका , मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका , कानेपोखरी गाउँपालिका , बेलबारी नगरपालिका , लेटाङ नगरपालिका र सुन्दर हरैचा नगरपालिकामा बितरण गरिएको समाजका सचिब अशोक खनालले बताए ।
सामान उपलब्ध गराएर समन्वय गर्न अवसर दिएकोमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान र अध्यक्ष डा. भुपेन्द्र कुमार बस्नेत लगायत सो अभियानमा सहयोग पुर्याउने जनप्रतिनिधिहरुलाई समाजका संस्थापक सम्योजक टीका गौतमले धन्यवाद ब्यक्त गरेका छन ।
सामाग्री हस्तान्तरण पछि यस विषम परिस्थितिमा समाजको तर्फबाट थोरै भएपनी सहयोग पुर्याउन पाउँदा सन्तुष्ट भएको अध्यक्ष लक्ष्मी प्रसाद कोइरालाले बताए ।
समाजले केही दिन अघिमात्रै कोभिड १९ कै माहामारीमा काठमाडौमा अलपत्र परेका पथरी शनिश्चरे नगरबासीहरुलाई नगरपालिकाको समन्वयमा गाडी रिजर्भ गरेर १७० जनाको हाराहारीमा गृहनगर पठाएको अध्यक्ष कोइरालाले बताए ।
सबै पालिकाका प्रमुख, उपप्रमुख, स्वास्थकर्मीहरुले यस्तो विषम परिस्थितिमा महत्त्वपूर्ण सामाग्री उपलब्ध गराएकोमा पथरी काठमाडौ मैत्री समाज र सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन ।

















