
साइनो समाचारदाता । सेलेव्रिटी हेयर स्टाइलिष्ट नील डेविड कटवाल नेपालमा मात्र नभएर भारतमा पनि उत्तिकै सक्रिय छन् । नेपाल तथा भारतका विभिन्न सहरहरुमा उनका सैलुन तथा एकेडेमी संचालित छन् ।
दुवै देशमा हेयर स्टाइलिष्ट तथा मेकअप आर्टिस्ट उत्पादनमा सक्रिय नील डेविड लक डाउन पछि तेस्रो मुलुक मा समेत आफ्ना सलुन तथा एकेडेमीलाई विस्तार गर्ने योजनामा छन् । यसैबीच, भारतको प्रतिष्ठित ‘ग्लोवल एजुकेसन लिडर्स फोरम इन्डिया’ ले झापाका स्थायी वासिन्दा नील डेविडलाई नेपाल संयोजकको रुपमा नियुक्त गरेको छ ।
नील डेविडका अनुसार उनलाई उक्त संस्थाका अध्यक्ष एस के सिंह ले उक्त नियुक्तिका बारेमा जानकारी गराएका हुन् । नील डेविड भन्छन् – ‘यो नियुक्तिलाई मैले मेरो मात्र होइन, हाम्रो देशकै सम्मान को रुपमा लिएको छु ।’ ग्लोवल एजुकेसन लिडर्स फोरम इन्डिया विश्व्यापी शैक्षिक संस्था ग्लोबल इडु लिडर्सको एउटा अंग हो ।
















