सुनसरी
धरान–१५ भानु मार्गका लक्ष्मण विश्वकर्मा र उनको परिवार विच विहिवार राती सामान्य झगडा भयो । घर परिवारमा सामान्य झगडा सधै हुने भएकाले उनको परिवारले ठुलो ‘इश्यु ’लिएन तर सामान्य घर झगडामै विश्वश्कर्माले झुण्डिएर आत्महत्या गरे ।
२७ बर्षीय विश्वकर्माले बिहीबार राती वाथरुपमा सरको पासो लगाएर देहत्याग गरे । प्रहरीका अनुसार घर झगडा पछि आत्महत्या गरेको पाइए पनि सो घटना वारे थप अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार विश्वकर्माको शरिरमा कुनै चोटपटक नभएकाले आत्महत्याकै आशका प्रहरीले गरेको छ ।
मृतकको शव हाल विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा राखिएको छ ।
















