साइनो समाचारदाता
विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिश्वब्यापी कोरोना प्रभाबको कारण अर्थतन्त्रमा असर पर्ने भएकाले अनावश्यक राजनैतिक नियुक्ती लगायतको प्रशासनिक खर्च कटौति गर्नुपर्ने बताएका छन् ।
बुधबार मन्त्री आङ्बोले फेसबुकमार्फत सरोकारवालालाई गम्भीरतापूर्वक चिन्तन गर्न आग्रह गर्दै सो कुरा बताएका हुन् । बोझिलो करार कर्मचारी नियुक्तिलगायतको प्रशासनिक खर्च, अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर कृषि, पर्यटन उद्ययोग, सार्बजनिक स्वास्थ्य र शिक्षामा लगानी केन्द्रित गरि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना, मानव संशाधनको बिकास गरेर मात्र अर्थतन्त्रलाई गतिशिल बनाउन सकिने मन्त्री आङ्बोको भनाई छ । उनले लेखेका छन्, ‘यो अवस्थामा अनावश्यक राजनैतिक नियुक्तीहरु,बोझिलो करार कर्मचारी नियुक्ति लगायतको प्रशासनिक खर्च कटौति गर्नु र अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर कृषि,पर्यटन उध्योग,सार्बजनिक स्वास्थ्य र शिक्षा जस्तो उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरि उत्पादनमा वृद्धि रोजगारी सिर्जना,मानव संशाधनको बिकाश गरेर मात्र अर्थतन्त्रलाई गतिशिल बनाउन सकिन्छ र देशलाइ समृद्धिको दिशातिर लैजान सकिन्छ।’ बिश्वब्यापी कोरोना प्रभाबले ठूलो संख्यामा नेपाली नागरिकहरुले वैदेशिक र शहरी क्षेत्रमा रोजगारी गुमाउने निश्चित रहेको उल्लेख गर्दै उनले राजश्व, वैदेशिक सहायता तथा रिण अपेक्षित प्राप्त नहुने अवस्थामा सरकारलाई पनि श्रोतको दबाब पर्नेमा इङ्गित गरेका छन् ।