साइनो समाचारदाता
रौतहट । प्रदेश नम्बर २ को रौतहटमा कोरोनाको संक्रमित थपिएको छ । भारतबाट नेपाल आएका दुई युवकमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक र देवाही गोनाही नगरपालिका १ निवासी ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । २४ वर्षीय युबक गत चैत २२ गते कलकत्ताबाट आएका थिए। बृन्दावन नगरपालिकाका प्रमुख रामस्नेही राय यादवका अनुसार युवकको जनकपुरमा रहेको पिसिआर मेसिनमा नेगेटिभ आएको र काठमाडौंमा आएको नतिजामा पोजेटिभ देखिएको हो। ३५ वर्षीय पुरष भने गत वैशाख ४ गते दिल्लीबाट आएका थिए। उनी भने अहिले पनि क्वारेन्टाइनमै रहेका छन् । दुईमा संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या ५४ पुगेको छ।
















