साइनो समाचारदाता
काठमाडौं । हालसम्ममा ५३ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बताएको छ । जस मध्ये पीसआर प्रविधिबाट
१० हजार ४ सय ७१ जना र आरडीटी प्रविधिबाट ४३ हजार ६३ जनाको परीक्षण गरिएको हो ।
पीसीआर परीक्षण गरिएको मध्ये १० हजार ४ सय १९ जनाको संक्रमण नदेखिए पनि पीसीआरबाट ५२ जनमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोमबारसम्ममा २० हजार १ सय ९५ जनामा क्वारेन्टाइनमा रहेको, १ सय ६ जना आइसोलेसनमा रहेको र १६ जना निको भएको छ । आज भने कोरोना संक्रमित थपिएन । हिजो भने ३ जना थपिएको रिपोर्ट आएको थियो । विश्वभरीमा २७ लाख ७४ हजार १ सय ३५ जनामा संक्रमित र १ लाख ९० हजार ८ सय ७१ जना कोरोनाबाट मुत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा भने कुनै संक्रमितको मृत्यु भएको छैन ,
















