पथरी । लकडाउनको कारण लामो समयदेखि विचल्लीमा परेका मोरङको पथरीशनिश्चरे नगरपालिकाका २४२ जनालाई घर ल्याईएको छ । पथरीशनिश्चरेका वडा नं. १० का वडाध्यक्ष सागर राईको नेतृत्वमा वडाका ५ युवाले नगरमा उलेखनिय कार्य गरेका छन । वडाका सामाजिक अभियान्ता भुपेन रणपहेली, भुवन थापा, सुमन कुरुङवाङ र संजय राईले वडाका वडाबासी समस्यामा रहेको र उनिहरुको उद्धार गर्नु हाम्रो दाईत्व हो भन्दै वडाध्यक्ष संग प्रस्ताव राखेका थिए ।
युवाहरुले ल्याएको सल्लाहालाई आफ्नो जिम्मेवारी ठानी उद्धार गर्न हिडेका ५ युवाले नगरका २४२ जनालाई लकडाउनको समयमा सकुसल घर ल्याई पुर्याएका छन । वडा नं. १० का वडावासीलाई लिन काठमाडौ पुगेका वडाध्यक्ष राईको टोलिलाई काठमाडौमा नगरबासीले घर लगिदिन अनुरोध गरे पछि युवाहरुको मन थामिएन । वडाध्यक्षले नगरसंग समन्वयन गरि नगरवासीको पिडा सुनाए पछि नगरको पहलमा ५ ओटा गाडिमा २४२ जनालाई नगरले स्वागत गरेको थियो । वडाध्यक्ष राईको टोली र २४२ जनालाई पथरीशनिश्चरे नगरले स्वास्थ परिक्षण र सामान्य नास्ताको बन्दोबस्त गर्दै आ–आफ्नो घरमा होम क्वारेन्टाइनमा बस्ने सुझाव दिएको थियो ।
को हुन ति युवाहरु जस्ले ल्याए नगरवासीलाई
(१) वडाध्यक्ष सागर राई : पथरीशनिश्चरे वडा नम्बर १० बाट जनप्रिय भएका राई काङग्रेसका युवा नेता तथा वडाध्यक्ष समेत रहेका छन् । उनि सामाजिक अगुवाई गर्ने ब्यक्ति हुन । गएको चुनावमा काङग्रेसले वडा नं. १० बाट वडाध्यक्ष मात्र जिते पनि सबैको सहकार्यमा लोकप्रिय काम गर्दै आएका छन । जनताको पिरमार्कमा सदैव पहिलो साथ सहयोग गर्न पुग्ने वडाध्यक्षको कार्यको चौतर्फि प्रसंसा रहेको भै रहेको छ । जनताको एक एक भोटको कदर गर्ने बताएका राईले आफुले पाएको सेवा सुविधा जनतामै खर्च गर्ने बताउदै आएका छन ।
२)भुवन थापा ः सानो उमेरमै व्यवसायमा हात हालेका थापा सफल युवा व्यवसायी हुन् । पथरीशनिश्चरे १० बासिन्दा रहेका थापाले कन्ट्रक्सनको व्यवसाय सम्हाल्दै आएका छन् । पढाई संगै विकाश निमार्णका कार्यलाई आफ्नो पेशा बनाएका थापा समाजका विभिन्न संघ सस्थाको जिम्मेवार भुमिकामा रहेर काम गर्दै आएका छन । व्यवसायका साथै सामाजिक कार्यमा सक्रिय रहने थापाले समाजसेवामा पनि चासो राख्ने गरेका छन् । उनको पनि सबैसँग अनुकुल ब्यवहार गर्ने बानि रहेको छ । समाजसुधारका लागि युवाहरुले चालेका अधिकांश कार्यमा उनको सहभागिता रहने गरेको छ ।
३) भुपेन रणपहेली ः सामाजिक कार्यमा तन, मन र धन समेत दिएर लागिपर्ने वडा नं १० कै युवा हुन् रणपहेली । सामाजिक कार्यमा सहयोगि भुमिका निर्वाह गर्नुका साथै सबैसँग मिलनसार र सहयोगि भावना भएकै कारण स्थानिय युवाहरुमा उनि लोकप्रिय छन् । राजनैतिक आस्था काङग्रेसमा भएपनि सबैलाइ समान रुपको ब्यवहार गर्ने उनको बानि छ । वडाको विकास निर्माण कार्यमा उनको विशेष भुमिका रहने गरेको ।
४) सुमन कुरुङवाङ ः संचारकर्ममा पाईला टेक्दै गरेका युवा सामाजिक अभियान्ता हुन । समाजमा भएका हरेका कार्यक्रमको अग्रणि भागमा देखा परेर समाज परिवर्तन गर्ने अभियान्ता हुन कुरुङवाङ । बाल्यकाल देखि नै समाजका हकहीत, बालबालीका, र युवाहरुको अधिकार र हसभागिता खोज्ने एक निरडर ब्याक्ती कुरुङवाङको समाजमा निकै राम्रो छवि रहेको छ । पथरीशनिश्चरेका विभिन्न संघ सस्थामा रहेर सफल भुमिका निवाह गर्दै आएका कुरुङवाङले दिन दुखीको सेवा गर्नु नै मानवताको धर्म ठानेका छन ।
५) संजय राई ः पथरीशनिश्चरे वडा नं १० का बासिन्दा हुन् सञ्जय राई । उनी पनि ब्यापार व्यवसायमै आवद्ध छन् । समाजसुधार तथा समाजसेवाका लागि उनको पनि उत्तिकै भुमिका रहेको छ । युवाहरुका लागि उनि प्रेरणाको श्रोत हुन् । लागुपदार्थ दुर्व्यसनिमा फसेका युवाहरू सहि बाटोमा ल्याउदै विकाश निर्माणमा युवाहरुको सहभागीला गराउदै आएका राईको टिम समाज सुधामा जनचेतनाको माध्ययमबाट शिक्षा दिने काम गर्दै आएका छन् ।





















