साइनो समाचारदाता
काठमाडौं । आइतबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
सरकारले चारपटकसम्म लकडाउनको मिति थपेको हो । बैशाख १५ गतेसम्म यसअघि सरकारले लकडाउन गरेको थियो । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
















