लकडाउनले बारीमै कुहियो टमाटर, मलखाडीमा फाल्न बाध्य किसानहरू - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लकडाउनले बारीमै कुहियो टमाटर, मलखाडीमा फाल्न बाध्य किसानहरू

साइनो समाचारदाता पथरी/ लकडाउनका कारण यातायात र बजार बन्द भएपछी बारीभरी लटरम्म फलेको टमाटर कुहिन थालेका छन । पोकेका टमटरले बजार नपाए पछि टमटर मलखाडिमा फाल्न बाध्य छन किषानहरु ।


मोरङको पथरीशनिश्चरे वडा नं. ६ महत्व समुदायका कृषकहरुले २ बिघा भन्दा धेरै जमिनमा सब्जी खेति गर्दै आएका छन । रंजित महतोले सामुदायीक खेतिबाट दैनिक ५ कुइटल उत्पादन गदै आएको टमाटर बजार सम्म पुर्याउन नपाउदा मलखाडीमा फाल्नु परेको गुनासो गरेका छन । १ विगाहामा टमाटर खेती गरेको छ । ४ लाख लगानी गरेको टमाटर नबिक्ने भएपछि महतोलाई अहिले ८, ९ लाख घाटा लाग्ने भएको छ । आधा लगानी ऋणमा रहेकाले बजार नपाए मारमा पर्ने महतोले बताउनुभयो ।
प्रति केजि ३० रुपयाँ पर्ने टमटर १२ मा पनि विक्न गाह्रो भएको कृषक सन्जित महतोले बताए । सरकारले कृषकले उत्पादन गरेको तरकारीहरु बजार संम्म पुर्याउने बेवस्था गरे पुरै नगरलाई धान्ने टमटर हरेको महतो बताउछन । अघिल्लो वर्ष ८÷१० लाखको टमटर बेचेका महतोलाई यो सिजन लगानि उठाउनै गाह्रो भएको छ । गाडी चलाउन नपाएपछि टमाटर बोटमै कुहिन थालेको हो । बुबा बाजे देखि गर्दै आएको तरकारी खेतीबाट महतोको १० जनाको परिवार पालिने गरेको छ ।
बरिमै लिन आउने ब्यापारीहरु पनि यातायात नचलेका कारण आउन सकेका छैन्न भने टिपेको टमाटर समेत बजार लैजान नसकेपछि मलखाडीमा फाल्नुपरेको सर्मिला महतोले बताउनुभयो । बारिबाट जति बिक्छ त्यती नै हो अरु सबै फाल्नु परेको पिडा सर्मिलाको छ । बजार सम्म जाने बातावरण भए लगानि उठने उनि बताउछिन ।
बजारकै समस्या भोगिरहेका सत्य नाराण महतोको पनि टमाटर बारीमै कुहिने अवस्थामा पुगेको छ । ४, ५ कट्ठामा लगाइएको टमाटरले बजार नपाउदा परिवारपाल्न मुस्किल पर्ने महतोले बताउनुभयो ।


बारीमै टमटर कुहिन थाले पछि किसानले उत्पादन गरेको सब्जी बजार लैजाने वातावरण बनाउन पहल थालेको वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङले बताउनुभएको छ । अन्य पालिकाबाट आउने टमाटरलाई केही समयका लागि रोकेर भएपछि किसानको उत्पादन बजार सम्म पु¥याउने तामाङले बताउनुभयो ।
यी केही प्रतिनिधि घटना मात्रै हुन् । सोही टोलमा रहेको राधाजी कृषक समुह रहेको छ । सो समुहमा १८ घर रहेका छन् । सो समुहको मात्रै ८ विगाहाह क्षेत्रफलमा टमाटर खेती रहेको समुहका सचिव रंजित महतोले बताउनुभयो ।
पथरीशनिश्चरे ५ र ६ को अधिकाम्स भु भागमा नगदे तरकारीबाली पकेट क्षेत्र हो । कोरोना संक्रमणको कारणले लक डाउन भए पछि कृषकले बारिमा उत्पादन गरेको सब्जी कुहिन थालेको छ । उक्त सब्जी बजार सम्म पुर्याउन सक्ने बातावरण सृजना गरे कृषकहरुले उत्पादन गरेको बालि बारीमै कुहिने थिएन ।

सम्बन्धित खवर