लकडाउनले भूटानी शरणार्थी समस्यामा, रेमिट्यान्स आउँदैन, काम गर्न जान पाइदैन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लकडाउनले भूटानी शरणार्थी समस्यामा, रेमिट्यान्स आउँदैन, काम गर्न जान पाइदैन

हरिप्रसाद कोइराला
पथरीशनिश्चरे(मोरङ),

चैत २४ गते 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी घोषणा गरेपछि मोरङको पथरीशनिश्चरे–१० शनिश्चरेमा बस्दै आएका भूटानी शरणार्थीहरूको चुल्हो बल्न छोडेको छ ।

शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चायोग (युएनएचसीआर) र विश्व खाद्य कार्यक्रमले २०१९ को अप्रिल १ देखि शरणार्थीलाई खाद्यान्न दिन छोडेको थियो । त्यसयता उनीहरू तेस्रो देश गएका आफन्तहरूले पठाएको रेमिट्यान्सबाट दैनिकी घरखर्च चलाउँदै आएका थिए । स्थानीय गाउँमा दैनिक ज्याला मजदुरी गर्ने र आफन्तले पठाएको खर्चले दैनिक हात मुख जोड्दै आएका शरणार्थीहरू यतिबेला चरम खाद्य सङ्कटमा परेका छन् । सरकारले बन्दाबन्दी घोषणा गरेपछि रेमिट्यान्स पनि आउन छोडेको छ । गाउँघरमा काम पाइदैन । धेरै जसो पुरुष घर निर्माण,इलेक्ट्रोनिक्स र उद्योगमा मजदुरी गर्नेछन् ।

निर्माण र उद्योगका काम ठप्प छन् । दैनिक काम गर्दै किनी खाने शरणार्थी यतिबेला अनागरिक हुँदाको दुख सहेर बसिरहेका छन् । ५६ वर्षीय नरबहादुर राईको सात जनाको परिवार छ । भूटानबाट फर्किदा २२ जनाको परिवार थियो । अरु सबै तेस्रो मुलुक गइसकेको राईले बताउनु भयो । छाप्रा अगाडि श्रीमतीले चटपटे पसल गर्थिन् । म मजदुरी गर्थे । पुनर्वास गएका आफन्तले अलि अलि खर्च पठाउँथे । त्यसैले घर चलेको थियो । तर, अहिले चटपटे पसल बन्द छ । गाउँघमा काम केही पाइदैन । भएको २५÷३० केजी चामल सात जनाको परिवारले खाइसक्योैं । उहाँले ३२ वर्षयता सबैभन्दा ठूलो सङ्कटको सामना गरिरहेको बताउनु भयो ।

३० वर्षीय लोकबहादुर विष्टको ३ जनाको परिवार छ । दैनिक ज्यालादारी गरेर घर चलाइरहनु भएका बिष्टले छाप्रामा अन्न भण्डारण गर्नेगरी पैसा जोहो नहुँदा एक छाक खाएर दिन कटाउनु परिरहेको बताउनु भयो । अझ बीर्खबहादुर तामाङ त एक्लो हुनुहुन्छ । ३३ वर्षीय तामाङका आफन्त कोही डेनमार्कमा छन् । कोही क्यानडा त कोही अमेरिका । तर,तामाङ नेपालमा भोकै दिनचर्या बिताइरहनु भएको छ । उहाँले भन्नुभयो – आफन्तले पैसा पठाउनु हुन्थ्यो । सानो तिनो काम पनि गर्थे । तर, अहिले न पैसा आउँछ , न काम गर्न नै पाइएको छ ।
राई , तामाङ र बिष्ट प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । पथरीशनिश्चरे १० को शनिश्चरेस्थित भूटानी शरणार्थी शिविरमा हाल ५ सय ५२ घरधुरीमा बसेका १६ सय ५० जना शरणार्थी बसिरहेका छन् । उनीहरू सबैको दैनिकी समान छ ।

शिविर ब्यवस्थापन समितिका सचिव चम्पासिंह राईले भन्नुभयो – दातृ संस्थाले खाद्यान्न दिन बन्द गरेपछि यहाँका शरणार्थीहरू आफन्तले पठाएको पैसा र यहीँ मजदुरी गरेर घर चलाइरहेका थिए । तर, अहिले पैसा पनि आएको छैन् । काम गर्न निस्कने कुरै भएन । हाल सम्म कुनै राहत नपाएको राईले बताउनु भयो । शरणार्थीहरूले विजुली र पानीको समेत बील आफ्नै खर्चमा तिर्नुपर्छ । यही अवस्था रहि रहे ठूलो भयावह हुने राईले बताउनु भयो । –गोरखा पत्र अनलाइन

सम्बन्धित खवर