हराएको मान्छे भेटाउनेलाई एक लाख पुरस्कार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

हराएको मान्छे भेटाउनेलाई एक लाख पुरस्कार

साइनो समाचारदाता

पथरी। भारतको दार्जेलिङबाट आफ्नो बाबु भेटन आएका ७३ वर्षीय जेष्ठ नागरिक हर्कसिंह जबेगु लिम्बू ६ दिन अघि देखि हराइरहेका छन ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट ६ जबेगु हराएका हुन् । उनी पत्नी हर्कमाया लिम्बूसहित मोरङको पथरी शनिश्चरे नगरपालिका ३, सिर्जना टोलमा बस्ने १ सय ४ वर्षीय बाउ मेघध्वज जबेगुलाई भेटन आएका थिए । दार्जिलिङ सुम्बुकबाट चैत्र २ गते नेपाल आएका लिम्बू चैत १७ गते साँझ ५ बजे देखि हराएको बुहारी पृया लिम्बूले बताइन् ।दोकानमा समान किन्छु भनेर गएको हर्कसिंह अबेरसम्म घर नआएपछि सोही समयदेखि खोजी भइरहेको बुहारी पृयाले बताइन् । उनी दार्जिलिङमा पनि कहिले काहीँ घर छाड्ने गरेपनी आफै फिर्ने गरेको पत्नी लिम्बूले जानकारी दिइन् । कोरोनाभाइरस नियन्त्रणको लागि भएको लकडाउनको कारण सवारी साधन प्रशस्त प्रयोग गर्न नपाइएको र घरबाट मानिस ननिस्किने भएकोले पनि भेटाउन समस्या भएको मदन राईले बताए । उच्चाई अन्दाजी ५ फिट ४ इन्च भएको लिम्बूले एडिड्यासको कालो ट्र्याक, खरानी रंगको टि(सट, खैरो क्याप ९नाबुराम० र म्याजिक हाप जुत्ता लगाएर हिडेको बताइएको छ । उनको खोजिको लागि स्थानीयबासी लागिरहेका छन । भेटेर बुझाउने जो कोहि महानुभावहरुलाई एक लाख नगद पुरस्कार प्रदान गर्ने लिम्बूकी छोरी मिनु लिम्बूले पुरस्कार घोषणा गरेकी छन् । आफूलाई भेट्न आएको छोरा हराएपीछ १ सइ ४ वर्षीय बाबु दिनै रोइरहेका छन ।

सम्बन्धित खवर