लक डाउनमा बत्ती निभाउँदै जुरमुराए स्रष्टाहरू - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लक डाउनमा बत्ती निभाउँदै जुरमुराए स्रष्टाहरू

अमित थेबे

केन्ट(बेलायत) । कोभिड–१९ कोरोना भाइरसको महामारीले विश्वका सवा दुई अर्ब बढी मानिसहरू अहिले लक डाउनमा छन् । यूके पनि छ मार्च २३ यता तीन हप्ते लक डाउनमा छ । यसबीच सबैको सामान्य जीवनचर्या प्रभावित मात्रै भएको छैन । कतिपय मानसिक रूपले विक्षिप्त पनि बनेका छन् । नागरिकहरूमा सकारात्मक उर्जाको सञ्चार गराउन भने बेलायतवासी नेपाली साहित्यकारहरूले लक डाउन समयलाई उपयोग गरेका छन् ।

शनिबार साँझ अर्थ आवर तथा स्थापना दिवसको अवसर पारेर विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूके शाखाले सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको थियो । भिडियो कन्फेरेन्समार्फत् बेल्पाली सर्जकहरू ‘लक डाउनमा स्रष्टा र सिर्जना’ नामक कार्यक्रममा सहभागी भए । कन्फेरेन्स कार्यक्रम साँझ ८ः३० बजे सुरु भएर दुई घण्टा चलेको थियो । अर्थ आवर विश्व वन्यजन्तु कल्याण कोषको पहलमा सन् २००७ देखि अष्ट्रेलियाबाट सुरु भएको वातावरण संरक्षणकर्मीहरूको विश्वव्यापी कार्यक्रम हो । यो दिवस प्रत्येक वर्षको मार्च महिनाको अन्तिम शनिबारमा पर्दछ । यस दिन करिब १८० देशका नागरिकहरूले घर र आफू कार्यरत ठाउँहरूको बत्ती निभाएर साङ्केतिक रूपमा बढ्दो कार्बन उर्जाको प्रयोगलाई निरुत्साहित गर्ने सन्देश प्रवाह गर्छन् ।

स्व–विच्छेद अवस्थामै आ–आफ्नो निवासबाट सहभागी जनाएका कविहरूले पनि उसैगरी दुई घण्टा खपत भइरहेको बत्ती निभाएर इको सिर्जना वाचन गरेको विनेसाम, साउथ यूकेका पूर्व अध्यक्ष विजय हितानले जनाए । उनले अहिले देखा परिरहेको जैविक असन्तुलन र समस्याका बीच पृथ्वी बचाउने अभियान झन् सान्दर्भिक भएको बताए । वातावरणविद् समेत रहेका हितानले सन् २०१४ देखि विनेसामले अर्थ आवर मनाउन थालेको चर्चा गरे । साहित्यकार सुरेन्द्र इङ्नामले बाँसुरीको धुनबाट कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यसलगत्तै, पूर्व उपाध्यक्ष औँतारी साइँलाले ‘बत्ती निभाएको दिन’ शीर्षकको कविता वाचन गरे । उनीपश्चात् विनेसामका संस्थापक एवम् कवि विश्वासदीप तिगेलाले कोरोना सङ्क्रमणका कारण इटालीमा एक आमा र उनकी शिशुले खप्नुपरेको मानसिक तनावलाई प्रस्तुत गरे । विनेसाम वेस्ट यूके शाखाको प्रतिनिधित्व गर्दै स्वीन्डनका सर्जक भरत लोहोरुङ राईले दुईवटा चोटिला मुक्तक सुनाए । मुक्तककै श्रङ्खलालाई निरन्तरता दिँदै गीतकार सेमन्त राईले पनि वातावरणसँग सम्बन्धित दुईवटा मुक्तक जोडे । आफ्नो सर्जक श्रीमानको वाचनपछि हौसिएकी स्रष्टा रीता राईले समेत जोडी मुक्तक वाचन गरिन् ।

प्रत्येक सिर्जना वाचनलगत्तै हुने संक्षिप्त समीक्षात्मक प्रतिक्रियाले कार्यक्रमको शैली भिन्न देखिन्थ्यो । आगामी वर्ष कृति ल्याउने तयारी गर्दै गरेका युवा कवि लाहाङ चेम्जोङले ‘प्रश्न’ कविता सुनाएर मानिसले पर्यावरणमा पारेको असरप्रति कटाक्ष गरे । यसैगरी, भोजकुमारी थोक्लेन तिगेलाले समेत विनायो बजाएर उपस्थित सहभागीहरूलाई मन्त्रमुग्ध पारिन् । बेलायतमा दुई दशकयता इको साहित्यको वकालत गरिरहेका विजय हितानले भइरहेको वातावरण विनाशप्रति चिन्ता प्रकट गर्दै गजल वाचन गरे । हितानपछि कार्यक्रम संयोजक एवम् कवि अमित थेवेले नेपाली र अङ्ग्रेजीमा दुईवटा कविताहरू सुनाए । यसैगरी, उक्त कार्यक्रममा कवि औतारी साइँला र फिप्रा काइँलाद्वयको संयुक्त कृति ‘हाम्रो अतीत हाम्रो मन कविता र गीतमा पोखिएका छन्’ को पनि कन्फेरेन्समर्फत लोकार्पण गरिएको थियो । ७७ कविता र गीतहरू रहेको सङ्ग्रहबारे कवि थेवेले सङ्क्षेपमा समीक्षा गरे । कृतिलाई स्रष्टा औतारी र समीक्षक थेवे संयुक्त रूपमा विमोचन गरेका थिए । विश्व नेपाली साहित्य महासङ्घले आगामी जून ५ तारिखका दिन विश्व वातावरण दिवसको अवसर पारेर विश्व साहित्य सम्मेलन आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । यद्यपि, कोरोनाको प्रकोपका कारण सम्मेलनलाई अनिश्चितकालका लागि स्थगन गरिएको सम्मेलन संयोजक हितानले बताए ।

सम्बन्धित खवर