कोरोना संक्रमित १ लाखभन्दा बढी उपचारपछि निको भए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

कोरोना संक्रमित १ लाखभन्दा बढी उपचारपछि निको भए

काठमाडौं । कोरोना भाइरसको संक्रमण देखिएका १ लाखभन्दा बढी मानिस उपचारपछि निको भएका छन्। अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयले तयार पारेको सूचीमा नेपाली समयअनुसार मंगलबार बिहान ८ बजेको तथ्यांक हेर्दा १ लाख ९ सय ८५ मानिस उपचार पछि निको भएका हुन्।

कोरोना भाइरसको उद्गमस्थल मानिएको हुवेइमा मात्र ५९ हजार ८ सय ८२ जना उपचार पछि निको भएका हुन्। यसैगरी इरानमा ८ हजार ३ सय ७६ जना पनि उपचारपछि निको भएका छन्। इटलीमा ७ हजार ४ सय ३२ जनामा उपचार सफल भएको छ भने स्पेनका ३ हजार ३ सय ५५ जना उपचारपछि घर फर्किएका छन्। दक्षिण कोरियाका ३ हजार १ सय ६६ जना घर फर्किए भने फ्रान्सका २ हजार २ सय उपचारपछि घर फर्किएका छन्। कोरोना भाइरसको संक्रमणका कारण १६ हजार ५ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख ७८ हजार ६ सय ७९ पुगेको छ। स्वास्थ्यखबर

सम्बन्धित खवर