छाराहाङ दाइ, लिम्बुवानी राष्ट्रवाद र सम्झना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

छाराहाङ दाइ, लिम्बुवानी राष्ट्रवाद र सम्झना

अमित थेबे मिहाङ

लिम्बुवान माटाेले ०७३ सालमा धेरै मूर्धन्य व्यक्तित्वहरू गुमायाे । त्याे साल लिम्बु समुदायका धेरै सम्भावना बाेकेका व्यक्तिहरू एकातर्फ गुमायाैँ भने अर्कातिर लिम्बुवान अान्दाेलनमा जाेडिएका बलिया हस्ताक्षरहरू हामीबाट अाेझेल भए । यसै सेराेफेराेमा राष्ट्रिय मुक्ति अान्दाेलन र लिम्बुवान अान्दोलनका एक शिखर पुरुष कमल छाराहाङ अाठपहरीया दाजुलाई पनि ०७३ चैत ५ गते गुमाएका थियौं । उनकाे निधनमा राष्ट्रिय मुक्तिकाे अान्दोलनमा लागेका हजाराैँ जुझारु मनहरूलाई विक्षिप्त र शाेकाकूल बनेकाे थियाे ।

प्रवासी जीवनकाे व्यस्तता र यान्त्रिकताले सामाजिक सञ्जालमा अार्.अाई.पी .सम्म लेख्न नभ्याउँदा दुःख झन् छट्पटीमा बदलिँदो रहेछ । तथापि, दिवङ्गत दाजुकाे व्यक्तित्वका बारेमा लेख्न र बाेल्न सक्ने पूर्ण जानकार नरहेको हुँदा संक्षेपमा उनलाई सम्झने यत्न हाे । छाराहाङ सम्भवत: लिम्बुवान अान्दाेलनमा लागेका गैरलिम्बूहरूमध्ये सबैभन्दा प्रस्ट विचारक थिए । दार्शनिक, बाैद्धिक र सन्त स्वभावका छाराहाङ कुनै बेला बृहत् किरात स्वायत्त राज्यकाे मुद्दा उठाइरहेको किरात राई यायाेक्खाका केन्द्रीय उपाध्यक्ष रहिसकेका थिए । तर, पछिल्लो दशक उनी अाठपहरीया समुदायको अलग्गै पहिचानकाे मुद्दा उठाएर अाठपहरीया समाजको नेतृत्व गरिरहेका थिए । लिम्बुवान स्वायत्तताकाे अान्दोलनमार्फत अाठपहरीया समुदायको मुक्तिका लागि पनि उनले प्रत्यक्ष अान्दोलनमा हाेमिनुकाे विकल्प देखेका थिएनन् । उनी स्वयं राष्ट्रिय मुक्ति अान्दाेलनकाे व्याख्याता मात्रै नभई नेतृत्वकर्ता पनि थिए । अनेकाैँ राजनीतिक उतारचढावका बावजुद छाराहाङ जीवनकाे अन्तिम क्षणसम्म पनि लिम्बुवान भूगोलको मुक्तिका लागि चिन्तित थिए । याे कुरा उनका अन्तिम स्ट्याटसहरूले पनि लक्षित गर्छन् । याे पङ्क्तिकार कमल दाइबाट सबैभन्दा बढी प्रभावित भएकाे एउटा विषय थियोे – लिम्बुवान स्थापनाकाे अाधार । कहिले जातीय त कहिले क्षेत्रीय अान्दोलनकाे ट्याग लागिरहेकाे बखत छाराहाङले सबैभन्दा विचाराेत्तेजक तर्क अघि सारे । त्याे थियाे ‘भूगोलको ऐतिहासिक शासकीय पृष्ठभूमि र शासकीय निरन्तरता’ । याे अाधार सम्भवतः वैचारिक काेणबाट अरू अाधारभन्दा निकै शक्तिशाली ठहरिन्छ । कुशल वक्ता, लेखक, स्तम्भकार, विचारक रहेका उनी सङ्गठकका मामिलामा भने केही चुके । कहिले अान्तरिक त कहिले बाह्य कारणले गर्दा छाराहाङ एउटै सङ्गठनकाे नेतृत्वमा रहिरहन नसकेपनि लिम्बुवान भूगोलको मुक्तिका विषयमा अडिग रहिरहे । तीव्र राजनीतिक चेतना, उर्जा र गहन अध्ययन भएका सीमित लिम्बुवान नेताहरूमध्येका एक छाराहाङले दुई वर्षअघि “राष्ट्रिय मुक्तिकाे अान्दाेलनका सन्दर्भमा” भन्ने पुस्तक निकालेका थिए । जसमा लिम्बुवान भूगोललगायतका अन्य मुक्ति अान्दोलनहरूका बारे खँदिला रचनाहरू समाविष्ट छन् । परिवर्तन र क्रान्तिका पक्षमा युवा र विद्यार्थी वर्गलाई सबैभन्दा धेरै झक्झकाउने नेता छाराहालाई अन्तिमपटक सङ्घीय सलाम छ । लिम्बुवान अान्दाेलनले अप्ठ्यारा घुम्तीहरूमा यहाँकाे चिन्तन, दर्शन र साथकाे अभाव महसुस गर्नेछ । अन्तिममा, छाराहाङ दाइले बारम्बार जहाँ पनि दाेहाेर्याइरहने भियतनामी मुक्ति अान्दोलनका नेता हाे ची मिन्हकाे नारा छाड्दै – ‘पार्टीभन्दा जाति ठूलो, जातिभन्दा माटी ठूलाे ।’ हार्दिक श्रद्धाञ्जली !!!

सम्बन्धित खवर