पथरीमा मास्कको कालोबजारी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

पथरीमा मास्कको कालोबजारी

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा मास्कको कालोबजारी हुने गरेको छ । नगरपालिकाको अगुवाईमा डाक्टर, प्रहरी, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन् टोलीले कालोबजारी हुने गरेको पत्ता लगाएको हो ।

 

नगरका ६ वटा स्वास्थ्य संस्थामा अनुगमन् गर्दा ४ वटा संस्थामा गैर कानूनी अवस्था फेला परेको छ । ४ नम्वर वडाको शनिश्चरे बजारमा रहेको शनिश्चरे डाइग्नोष्टिक सेन्टरमा कागजको मास्क ३० रुपैयाँ गोटाले विक्री भइरहेको टोलीले फेला पारेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाइन् । उनले १० रुपैयाँमा अन्यत्र विक्री भइरहेको मास्क ३० रुपैयाँमा बेचेर स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कालोबजारी नगर्न नगर्न कडा चेतावनी दिइएको वताइन् । टोलीको अनुगमन् आएको सुइको पाएपछि वडा नम्वर ९ तर्फ पर्ने शनिश्चरे हाटखोलाका २ वटा फार्मेसी आफैं वन्द गरेर सञ्चालक तत्काल सम्पर्क विहीन बनेका थिए ।

सञ्जुबाबु गुप्ताले सञ्जुबाबा मेडिकल हल नामक पसल वडा नम्वर १ र २ मा एकसाथ सञ्चालन भएको पाइएको छ । १ नम्वरको मन्दिर लाइनमा रहेको पसलमा मोहिनीराम चम्लागाईंको प्रमाणपत्र राखेर सम्वन्धित विषयमा अध्ययन नगरेकी गुप्ताकी श्रीमती पूजाकुमारीले औषधि विक्री गरिरहेको फेला परेको छ । सञ्जुबाबु भनें २ नम्वरस्थित नगर अस्पताल नजिकै सोही नामको पसल सञ्चालन गर्न वस्ने गरेका छन् । १ नम्वर वडाको पथरी चोक उत्तरको शुभसंगीता फार्मेसीमा भनें धेरै प्रकारका औषधि म्याद सकिएको अवस्थाको फेला परेका छन् । त्यस्ता औषधि तत्काल फिर्ता गर्न सचेत गराइएको छ । त्यसैगरी, वडा नम्वर २ स्थित बुद्धचोकको सिटिजन फार्मेसीको दर्ताको कागजात फेला नपरेको र औषधि विक्री गर्ने पनि सम्वन्धित आधिकारिक व्यक्ति नरहेको पाइएको छ । त्यहाँ मास्क समेत सकिएको बताइएको छ । टोलीले स्वास्थ्य क्षेत्रमा लापरवाही नगर्न र त्यस्तो लापरवाही दोहोर्याए कानूनी कारवाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ । अनुगमनका क्रममा, १ नम्वर वडाको दीर्घायू आयुर्वेदिक पसलमा केही मास्क रहेको र पथरी अस्पतालमा मास्क नभएको टोलीले वताएको छ । सञ्जुबाबामा पनि मास्क सकिएको पसलेले वताएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्ने एउटा उपायका रुपमा नाक र मुख छोप्न मास्क प्रयोग गर्नुपर्ने भएका कारण बजारमा मास्कको अवस्थाका बारेमा बुझ्न समेत अनुगमन् गरिएको थियो । अनुगमन् गरिएका स्वास्थ्य संस्थामा कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी गराइएको फ्लेक्स प्रिन्ट सेवाग्राहीले देख्ने ठाउँमा राख्नका लागि नगरले प्रदान गरेको छ ।

सम्बन्धित खवर