मदिराका कारण मृत्यु भएका परिवारलाई ३÷३ लाख दिइने मुख्यमन्त्री राउतको घोषणा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मदिराका कारण मृत्यु भएका परिवारलाई ३÷३ लाख दिइने मुख्यमन्त्री राउतको घोषणा

साइनो समाचारदाता

जनकपुरधाम । खुल्ला मदिरा सेवनले धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया सहितको स्थानमा खुल्ला मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३÷३ लाख राहत उपलब्ध गराउने भएको छ ।

सोमबार विहान शोकमग्न रमदैया पुग्नु भएका मुख्यमन्त्री लालबाबु राउतले पीडित परिवारहरु प्रति समवेदना व्यक्त गर्दै प्रति मृतक ३÷३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गर्नु भएको हो । खुल्ला विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोही लाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाउनु हुँदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए । उनले प्रदेश सरकार चाडै प्रदेशलाई खुला मदिरा मुक्त घोषणा गर्ने तैयारीमा रहेको समेत जानकारी गराए । रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथै दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाइने आश्वासन दिए । रमदैया पुगेको टोलीमा मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, पूर्व सभासद उर्मिला साह सहितको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर