न्याय सम्पादनमा पथरी उत्कृष्ठ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

न्याय सम्पादनमा पथरी उत्कृष्ठ

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका न्याय सम्पादनमा उत्कृष्ठ भएको जिल्ला अदालतले ठहर गरेको छ । १ नम्वर प्रदेशमै वढी विवाद निरुपण गर्न पथरी सफल भएको हो ।

जिल्ला अदालतका न्यायाधिस राजेन्द्र अधिकारीको नेतृत्वको निरीक्षण टोलीले आज पथरी शनिश्चरे नगरको न्याय सम्पादनको अवस्था तथा मिसिल प्रक्रियाको अध्ययनपछि सो कुरा उल्लेख भएको हो । न्यायाधिस अधिकारीले भने ‘ नगर उपप्रमुखको सक्रियता देखियो । अधिकांश मुद्धा मामिलाहरु मिलापत्र भएको देखियो । लक्ष्य अनुसारको उल्लेखनीय काम भएको देखिएकाले हामी धेरै खुसी छौं ।’ सो नगरको गाउँपालिका हुँदादेखिको साँघुरो भवनमा छुट्टै इजलास र आवश्यक कर्मचारीको अभावमा समेत व्यवस्थित हिसावले न्याय सम्पादन भएको उनको ठहर छ ।

सो अवसरमा, नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले भौतिक असुविधा तथा सम्वन्धित क्षेत्रको दक्ष कर्मचारीको अभावमा समेत न्याय सम्पादनमा समिति दत्तचित्त भएर लागेको प्रष्ट्याइन। वडा वडामा विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई केन्द्रीत गरी कानूनी सचेतना कार्यक्रमको योजना बनाइएको जानकारी गराइन । सवै वडामा मेलमिलापकर्ताहरुबाट विवाद निरुपणमा महत्वपूर्ण भूमिका निर्वाह भएको पनि उल्लेख गरिन् ।

समितिले गत आर्थिक वर्षमा २ सय ३० विवादहरु निरुपण गरेको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्म १ सय ५८ वटा विवादहरु निरुपण गरेको र १३ वटा विवाद किनारा लगाउने प्रक्रियामा रहेको टोलीलाई जानकारी गराइएको छ । टोलीमा अदालतका कर्मचारी इन्द्रकुमार श्रेष्ठ, देवेन्द्र खत्री र गोपाल आचार्य सहभागी थिए । जिल्लामा ७ जना न्यायाधिसहरुको अगुवाईमा १७ वटै पालिकामा न्याय सम्पादनको अवस्थाका बारेमा निरीक्षणको क्रम यसबेला अघि बढाइएको छ । ३ दिन अघि उच्च अदालत विराटनगरका मुख्य न्यायाधिस तिलप्रसाद श्रेष्ठले पथरी शनिश्चरे, उर्लावारी र बेलबारी नगरपालिका प्रमुख एवम् न्यायिक समिति संयोजकहरु क्रमशः यमुना विष्ट वास्तोला, लक्ष्मी भण्डारी र ढाकाकुमारी पराजुली र विराटनगर उपमहानगरकी उपप्रमुख इन्दिरा कार्कीसँग छलफल गरेको हो । जिल्लामा बढी विवादहरु निरुपण गरेका ती पालिकाहरुका उपप्रमुखहरुसँग आफ्नो कार्यकक्षमा छलफल राखेर न्याय सम्पादनको अवस्थाका बारेमा जानकारी लिँदै त्यसलाई थप प्रभावकारी बनाउने उपायका बारेमा बताए ।

सम्बन्धित खवर