लर्ड बुद्धको स्थापनामा संचारकर्मी गोपाल काफ्ले सम्मानित - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लर्ड बुद्धको स्थापनामा संचारकर्मी गोपाल काफ्ले सम्मानित

साइनो समचारदाता पथरी/ मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्वर २ मा रहेको लर्ड बुद्ध बचत तथा ऋण सहकारी सस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर पत्रकार गोपाल काफ्लेलाई सम्मान गरेको छ ।


२०५९ सालमा स्थापना भएको सहकारीले आफ्नो १७ औ स्थापना दिवसमा मोफसलमा रहेर सहकारी तथा समाजका हरेक विषयमा आफ्नो कलमको माध्यमबाट समाजलाई सु–सुचित गरेको भन्दै नगद ५ हजार सहित सम्मान गरेको छ । सस्थाले पथरीशनिश्चरे कार्यक्षेत्र बनाएर कलम चलाउने संचारकर्मीलाई प्रत्येक दुई वर्षमा एक जना पत्रकार सम्मान गर्ने निर्णय गरेको छ । सस्थाले स्थापना दिवसकै अवसरमा काफ्ले सहित सस्थाकी जेष्ठ नागरीक ७२ बर्षिय कृष्णमाया राईलाई समेत सम्मान गरेको छ ।


सस्थाले स्थापना दिवसको अवसरमा ३ दिने शैक्षिक कार्यक्रम गरि उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ भने सस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ पिन्टभन्दा बढी रक्तदान गर्ने संस्थालाइ सम्मान गरेको छ ।
सोही अवसरमा संस्थाले ५ जना एकल महिलालाई २ हजारका दरले राहत बितरण वितरण गरेको छ । सस्थाले वृद्ध वृद्धा सेयर सदस्यहरुलाई तिर्थाटन, जन्मदीन मनाई दिनुको सार्थै मासिक ६ सय वृद्ध भता दिने गरेको छ ।


सम्मानित ब्याक्तीहरुलाई सम्मान गर्दै कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले सहकारी आफ्ना सदस्यहरुको दुखको साथी बनेको बताउदै सहकारीमा आबद्द भए जीवन सहज हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै संविधान सभा सदस्य चण्डि प्रसाद राईले सहकारीले सदस्यहरुको आर्थिक अवस्था सबल बनाउन महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नु भयो ।

 

सम्बन्धित खवर