साइनो समाचारदाता
धनकुटा । गिरिजाप्रसाद कोइराला फाउन्डेसन सागुरिगढी गाउँपालिका समिति, धनकुटाले आयोजना गरेको कार्यक्रम सकिएर फर्कने क्रममा गाडी दुर्घटना हुदा चार जना घाइते भएका छन् ।

आहालेबाट धरान फर्कने क्रममा गाडी छेस्के भिरमा पल्टिएर दुर्घटना हुँदा नेपाली कांग्रेस धनकुटाका क्षेत्रीय सभापति तथा जि.पि. फाउन्डेसन प्रदेश नम्बर १ का संयोजक इन्दिरा थापा, जिल्ला सदस्य धन राई र महेन्द्र बहुमुखी क्याम्पस धरानका प्राध्यापक जिवन राई घाइते भएका हुन् ।
















