साइनो समाचारदाता
लेटाङ । संघीय लिम्बुवान मञ्च नेपालको मोरङले जनजागरण तथा प्रशिक्षण कार्यक्रम लेटाङ्गमा सम्पन्न गरेको छ ।

मञ्चका बरिष्ट उपाध्यक्ष ज्ञान बहादुर गुरुङ, उपाध्यक्ष बिष्णु तुम्बाहाम्फे, महासचिव अशोक चेम्जोङ, उपमाहासचिब दिल कुमार लावतीलगायतले कार्यक्रममा सम्बोधन गरेका थिए । प्रदेशको नामकरण सशक्त आन्दोलनका लागि तयारी रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । मञ्चका सचिबालय राम चन्द्र थापा, चौकिदार तामाङ, जिल्ला अध्यक्ष दिलु लिङ्देन, जिल्ला बरिष्ट उपाध्यक्ष जीवन खेवा, लगायत कार्यक्रममा उपस्थिति रहेको थियो ।
















