साइनो समाचारदाता
पाँचथर । समथिङ राष्ट्रिय साहित्यिक पुरस्कारबाट पहिलोपल्ट पाँचथर आङ्नाका कवि राज माङलाक पुरस्कृत हुने भएका छन् । पुरस्कारको ५५ हजार ५ सय ८० रुपैंयाँ राशीको रहेको छ । समथिङ राष्ट्रिय साहित्यिक पुरस्कारबाट पुरस्कृत हुने कवि माङलाकको धुँवाका धुनहरु ताङ्का संग्रह र लिम्बुनी गाउँ कविता संग्रह प्रकाशित छन् ।

त्यस्तै पाँच हजार ५८० रुपैंयाँ राशीको समथिङ राष्ट्रिय सम्मानबाट पाँचथर सुभाङकी स्रष्टा बिद्या निर्दोषी ओझा सम्मानित हुने भएकी छिन् । समथिङ फाउन्डेशन नेपालले प्रत्येक दुई–दुई बर्षमा उक्त पुरस्कार र सम्मान प्रदान गर्ने समथिङ फाउन्डेशन नेपाल पाँचथरका अध्यक्ष मंगल बेघाले बताए । शनिबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा उक्त पुरस्कार र सम्मान माघ २९ गते बिशेष समारोहकाबीच वितरण गरिने बताइएको छ । पुरस्कार र सम्मान दुबैको समथिङ फाउन्डेशनका संरक्षक रामप्रकाश समथिङले स्थापना गरेका हुन् ।
















