साइनो समाचारदाता
जनकपुरधा । प्रदेश सरकारले मधेश आन्दोलनका शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाउँदैछ । माघ ५ गते प्रदेश सरकार सध ाझै यस वर्ष पनि औपचारिक कार्यक्रम गरि मनाउँदैछ ।

प्रदेश सरकारले विरगंजमा आयोजना गर्ने बलिदानी दिवस कार्यक्रममा प्रदेश सरकार मन्त्रीहरु, मधेश आन्दोलनका सहयात्री दलका नेताहरु, शहिद परिवार, नागरिक समाज बुद्धिजिवी सहितको सहभागिता जनाइएको छ ।
शहीद परिवारलाई सम्मान समेत गरिने कार्यक्रममा सहभागी हुन मधेश आन्दोलनमा प्रदेश नं. २ का सम्पूर्ण शहीद परिवारलाई जानकारी गराइएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले माघ ५ गते सार्वजनिक विदाको घोषणा समेत गरि सकेको छ । प्रथम मधेश विद्रोहको क्रममा २०६३ माघ ५ गते सिरहाको लहानमा रमेश महतोले दिएको प्रथम बलिदानीको अवसर पारेर मधेश केन्द्रित दलहरु माघ ५ गतेलाई बलिदानी दिवसको रुपमा मनाउदै आएको थियो । तर प्रदेश सरकारको गठन पश्चात गत वर्ष देखि प्रदेश सरकारले उक्त दिवस मनाउन थालेका छन । गत वर्ष प्रदेश सरकारले सिरहाको लहानमै बलिदानी दिवस कार्यक्रमको आयोजना गरेको थियो भने यस वर्ष विरगंजमा आयोजना गर्न लागेका हुन ।
















