साइनो समाचारदाता
पथरी । लिम्बु पत्रकार संघ मोरङको दोस्रो जिल्ला सम्मेलन सिरिजंगा स्मृति धार्मिक वन पथरीमा सम्पन्न भएको छ ।

सोमबार भएको जिल्ला सम्मेलनले निगरानी टाइम्स अनलाइनका सम्पादक युवाराज लिम्बू अध्यक्षातामा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सरिता लिङ्लेन, सचिवमा बलबहादुर खापुङ, कोषाध्यक्षमा जमुना लिम्बु, सदस्यहरुमा सुजाता निङलेकु, रञ्जन लिम्बु र तारा मिभक रहेका छन् । सम्मेलनले केन्द्रीय प्रतिनिधिको लागी भक्तशेर लिम्बु र रुपेन्द्र शेर्मालाई चुनेको छ ।
निर्वाचन मण्डलका अध्यक्ष फिपराज बेघाले निर्वाचित सबैलाई बधाई ज्ञापन गरेका थिए । लिम्बु पत्रकार संघ केन्दीय अध्यक्ष देबेन्द्र खापुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष विजयबोध लावती, महासचिव मिलन लिम्बु अतिथि रहेका थिए ।
















