कक्फेक्वा तङ्नाम धुमधाम मनाइयो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कक्फेक्वा तङ्नाम धुमधाम मनाइयो

साइनो समाचारदाता

पथरी । राष्ट्रिय पर्व ’माघे सङ्क्रान्ति÷माघे सकराती÷मकर सङ्क्रान्ति÷माघी÷कक्फेवा तङ्नाम÷म्हिलाङे सोङ्ती तथा छार म्हेङ २०७६ र किरात यले सम्वत्(५०८०’ एकसाथ देशभर मनाएको छ ।

मोरङको पथरी शनिश्चरेमा कक्फेक्वा तङ्नाम तथा नयाँ वर्ष यले सम्बत् ५०८० हर्षोउल्लासको साथ मनाएको छ । किरात याक्थुङ चुम्लुङ नगर शाखा समितिले विगत वर्षहरुमा झै यस वर्ष पनि सिरिजंगा धार्मिक बनमा मनाएको हो । येले तङबे ५०८० कक्फेक्वा तङनाम नयाँ वर्ष मंगलबारेमा सरू, उर्लाबारी ३ मंगलबारे नमुना टोल स्थित सामुदायिक वनमा माङथानमा तेनेवा माङथान समितिले यले तङ्बे तथा कक्फेक्वा तङ्नाम मनाएको छ ।

ताप्लेजुङ जिल्लामा किरात लिम्बू सस्कार संस्कृति सरक्षण सस्थाले सुभकामना आदन प्रदान गर्दै मनाएको छ  । लिम्बू विद्यार्थी मञ्च ताप्लेजुङ्ले मन्चका सस्थापक अध्यक्ष भक्त येङ्देनको प्रमुख अतिथ्यमा कक्फेक्वा तङ्नाम–५०८० को पावन अबसरमा शुभकामना आदानप्रदान कार्यक्रमकाृ आयोजना गरेको छ ।यता महेन्द्र बहुमुखी क्याम्पसर धरान सुनसरीमा येले तङ्बे २०८० तथा कक्फेक्वा तङ्नाम बिशेष अवसरमा लिम्बू विद्यार्थी मन्च प्रशिक्षण बिभागलो अन्तरक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश ३ को ललितपुरमा कक्फेक्वा तङ्गनाम (माघे सक्रान्ती) मनाइएको छ । लिम्बु विद्यार्थी मञ्च काठमाडौंको आयोजनामा मञ्चकी केन्द्रीय अध्यक्ष दिपा लक्समको अतिथ्यता भएको कार्यक्रममा विशेष बक्ता मुन्धुमबिद डि.बि आङ्बुङकाृ उस्थिति रहेको थियो ।

नेपालका सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक साझा संगठन नेपाल आदिवासी जनजाति महासंघले ’माघे सङ्क्रान्तिरमाघे सकरातीरमकर सङ्क्रान्तिरमाघीरकक्फेवा तङ्नामरम्हिलाङे सोङ्ती तथा छार म्हेङ(२०७६ र किरात यले सम्वत्(५०८०’को उपलक्ष्यमा सम्पूर्ण नेपालीजन, समग्र देश र विश्व जगतको सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

राष्ट्रिय पर्व माघे सङ्क्रान्तिलाई प्रमुख ऐतिहासिक सांस्कृतिक राष्ट्रिय चाड र नयाँ वर्षको रुपमा मनाउने मगर, थारु, छन्त्याल, कुमाल, चेपाङ, नेवार (घ्यू चाकू खाने दिन) लगायतका सम्पूर्ण आदिवासी जातजातिहरू र किरात यले सम्वत्लाई मनाउने सम्पूर्ण किराती समुदायका आमाबाबा, दिदिबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक शुभकामना व्यक्त गरेको हो ।

आदिवासी जनजातिको त्याग, योगदान र बलिदानबाट समेत स्थापित बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्म्निरपेक्ष, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म र भावनाअनुरुप देशको बहुलता र विविधितायुक्त विशेषतालाई सैद्धान्तिक र व्यवहारिक रुपले आत्मसात गर्दै सबै वर्ण, धर्म, नश्ल, जातजातिका संस्कृति, चाडपर्व, धार्मिक रीतिरिवाजहरूलाई राज्य सरकारले समान व्यवहार गर्नुपर्नेमा आदिवासी जनजातिको सभ्यता, इतिहास, पहिचान र स्वाभिमानसँग जोडिएका राष्ट्रिय पर्वहरूः माघे सङ्क्रान्ति, उधौली, उभौली, तमू ल्होसार, सोनाम ल्होसार, ग्याल्पो ल्होसार लगायतको नाममा दिइएको राष्ट्रिय बिदा खारेज गरेर वर्तमान राज्य सरकार एकल सांस्कृतिक जातिवादी रुपले अघि बढिरहेकोप्रति सम्पूर्ण जनजाति समुदाय खेद व्यक्त गरेको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ १ गते सार्बजनिक विदा घोषणा गर्ने सम्बन्धित प्रदेश सरकारहरूप्रति महासंघ हार्दिक धन्यवाद दिएको छ ।

मेलाको आयोजना

इलामको माङसेबुङ गाउँपालिका वडा नं ३ र देउमाइ ९ मा लाग्ने सत्यहाङमा शान्ति मकर मेलाको आयोजना गरिएको छ । वर्षेनी लाग्दै आएको मकर मेलामा जातीय भेषभूषामा सजिएर परम्परागत संस्कृतिअनुसार ढोल नाँच, धान नाँच लगायत साँस्कृतिक कार्यक्रम भएको छ । मेलाको अवसरमा सङ्गीनी, रत्यौली, कार्यक्रमसमेत भएको सत्यहाङमा मेला व्यवस्थापन समितिका सहअध्यक्ष लोकबहादुर लिम्बुले बताए ।

मेलामा पुग्ने जो कोहीले फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गर्नुभएको स्थान लाम्पातेको रुख र मुन्धुम प्राप्त गरेका स्थान संगै ८ वर्षको उमेरमा सिमीको लहराले बेरेको स्थानको अवलोकन गर्न सक्ने समितीका महासचिव उदयविक्रम तुम्बापोले बताए ।

माघे सक्रान्तिको अवसरमा झापा माई मेला लागेको छ ।

सार्वजनिक विदा

प्रदेश १ सरकारले माघे सक्रान्तिको एवम् माघी पर्वको अवसरमा बुधबार माघ १ गते सार्वजनिक विदा दिएको छ । माघे सक्रान्तिको एवम् माघी पर्बको अवसरमा प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

सम्बन्धित खवर