साइनो समाचारदाता
धनकुटा । समाजबादी पार्टी निकट विद्यार्थीहरु धनकुटामा संगठित भएका छन् । शनिबार भएको भेलाले समाजबादी विद्यार्थी युनियन धनकुटाको तदर्थ कमिटी गठन गरेको छ ।

कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अर्जुन थापा, जुद्द राई, पुर्ण बहादुर बस्नेत, निर्वाचित वडा अध्यक्ष बिकास घिमिरे तथा महेन्द्र बुहुमुखी क्याम्पस धरानका स्वबियु सभापति सरगम सागर चेम्जोङले कार्यक्रम सहजीकरण गर्दै समसामयिक विद्यार्थी राजनीतिको बारेमा आफ्ना भनाई राखेका थिए । जिल्ला कार्यसमितिको घोषणा पार्टी जिल्ला अध्यक्ष बल बहादुर राई र नगर अध्यक्ष दिल घोषित समितिको अध्यक्षमा सोनिका आठपहरिया, उपाध्यक्षमा सुमन कट्वाल, सचिबमा बिकास राई, सहसचिवमा अमृता लिम्बु र कोषाध्यक्षमा सबिता भट्टराई छन् । सदस्यहरुमा कल्पना कार्की, नवराज पौडेल, रेनुका तामाङ, सुस्मिता राई, स्मिता खिम्बुले, सुश्मा राई, अनुरा राई, बेबिन राई, राजेन्द्र लिम्बु, अस्मिता लम्जेल, रोनिसा राई, दीक्षा राई, शान्ती लिम्बू, स्मृति राई, अस्मिता बस्नेत, बिष्णु लिम्बु, लक्ष्मी याख्खा र सरु याख्खा छन् । कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य योगेन्द्र राई समाजबादी विद्यार्थी युनियनमा प्रबेश गरेका छन् ।
















