
साइनो समाचारदाता
पथरी । प्रदेश सभा (प्रदेश नम्बर १)का सदस्य कुलप्रसाद लिम्बूले पहिचानको नाममा हुनसक्ने द्वन्द्वलाई ख्याल गर्दै प्रदेशको नाम किरात सबैभन्दा राम्रो हुने बताएका छन ।
मोरङ १ (१)बाट निर्वाचित प्रदेश सभा सदस्य लिम्बूले किरात मात्र नभए पनि किरात कोशी वा किरात सगरमाथा नाम राख्न उत्तम हुने दो¥याएका छन । किरात एउटा जाति नभएर सभ्यता, इतिहास र भूगोल भएकाले १ नम्बर प्रदेशको नाममा किरात जोडिनु पर्ने लिम्बूको तर्क छ । प्रदेशको नाममा पहिचान नजोडिदा भविस्यमा देशले आन्दोलन वा अशान्ति बेहोर्नु पर्ने भएकाले पहिचान बारे ख्याल गर्नुपर्ने तर्क अघि सारेका छन् । प्रदेश १ मा नेकपाको दुईतिहाइ बहुमत रहेको छ ।
हिउदे अधिवेशनले मन्त्री मण्डल विस्तारको साथै नाम टुङ्गो लगाउनु पर्ने लिम्बूको भनाइ छ । प्रदेश ३ को नाम बाग्मती राख्न नेकपा केन्द्रीय नेताहरुले निर्देशन दिएको बारे धारणा राख्दै सांसद कुलप्रसाद लिम्बूले त्यो निर्देशन नभएर सुझाव दिएको हुनसक्ने तर्क गरे । संविधानले नाम राख्ने अधिकार प्रदेश सभालाई दिएको लिम्बूको भनाई छ ।
















