बेलायतमा तङ्नाममा रमाउँदै नयाँ पुस्ता - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

बेलायतमा तङ्नाममा रमाउँदै नयाँ पुस्ता

साइनो समाचारदाता

आसफोर्ड(बेलायत) । याक्थुङ समुदायको सबैभन्दा ठूलो चाडका रूपमा विकास भएको चाःसोक तङ्नामलाई देश विदेशमा पनि भव्यतापूर्वक मनाउने क्रम जारी छ । नेपालमा सामान्यतया मङ्सिर पूर्णिमाका दिनदेखि मनाउन थाल्ने परम्परा भएपनि प्रवासमा भने बिदाका दिन पारेर मनाउने प्रचलन रहेको छ ।

नेपालबाहिर याक्थुङ(लिम्बु) समुदायको सबैभन्दा दोस्रो ठूलो जनसाङ्ख्यिक बसोबास रहेको बेलायतमा पनि आधा दर्जन बढी ठाउँहरूमा चाःसोक थिसोक पर्व उत्सवका रूपमा मनाइएको छ । दुई साताअघि मात्रै कियाचु यूकेले पहिलो पटक आफूले खरिद गरेको चुम्लुङ देनमा चाःसोक तङ्नाम मनाएको थियो । शनिबार याक्थुङ समुदायको बाक्लो उपस्थिति रहेको केन्टको आसफोर्ड नगरमा पनि चाडका अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको चुम्लुङ आसफोर्डका अध्यक्ष टङ्क येङ्देनले बताए ।

आसफोर्डको बिहीबारे हलमा सम्पन्न कार्यक्रममा यसपटक युवा पुस्ताको सहभागिता उल्लेख्य रूपमा भएको अध्यक्ष येङ्देनले उत्साहित स्वरमा सुनाए । ‘विगतका दिनहरूमा भन्दा यस वर्ष युवा पिँढीको सहभागिता बढेको छ,’ उनले भने, ‘साँस्कृतिक कार्यक्रमदेखि लिएर भाषा लिपिको संरक्षणमा युवाहरूले देखाएको चासो लोभलाग्दो छ ।’ गत जुलाईमा मेडस्टोनस्थित याल्डिङमा रहेको चुम्लुङ देनमा सिसेक्पा तङ्नामका अवसरमा आयोजित केलाङ प्रतियोगितामा आसफोर्डका युवाहरूसम्मिलित केलाङ समूहले उपाधि हात पारेको थियो । विजयी टिमलाई शनिबार नगद पुरस्कार र ट्रफी अध्यक्षले हस्तान्तरण गरेका थिए ।
यसैगरी, तङ्नामकै अवसर पारेर शाखा समिति तथा याक्थुङ भाषा, लिपि तथा सँस्कृति प्रबद्र्धन अभियानले सिरिजङ्गा लिपि लेखन प्रतिस्पर्धा समेत आयोजना गरेको थियो । शाखा सहसचिव तथा मातृभाषा बचाउ अभियानका पहलकर्ता अमित थेवेले संयोजन गरेको प्रतिस्पर्धामा दुई दर्जन बढीको सहभागिता रहेको थियो । सहभागीहरूमध्ये उत्कृष्ट तीनका रूपमा नमुना नेम्वाङ, दिवाना पालुङ्वा र यमुना नेम्वाङलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । प्रतियोगिता सुरु हुनुअघि चाःसोक तङ्नाम र सँस्कृतिबारे युवा सँस्कृतिकर्मी दिवाना पालुङ्वाले संक्षिप्त धारणा राखेकी थिइन् ।

सर्वव्यापी शक्ति मानिने तागेरानिङ्वाफुमाङको आराधना गरेर सुरुवात भएको कार्यक्रमको उद्घाटन ज्येष्ठ नागरिक कुबेरसिं नेम्वाङ र अध्यक्ष टङ्क येङ्देनले संयुक्त रूपमा गरेका थिए । खचाखच भरिएको हलका आगन्तुकहरूलाई याक्थुङ सँस्कृतिअनुसार चेलीबेटीहरूले ल्याएको हुक्वा(हातले तयार पारेको खाद्य र पेय पदार्थ) का मौलिक परिकारहरूले स्वागत गरिएको थियो । सो अवसरमा चुम्लुङको सदस्यता नवीकरण र विवरण अद्यावधिक समेत गरिएको कोषाध्यक्ष सुन्दर लिङ्थेपले बताए ।

शाखा सचिव दिवस थोप्राले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष काजी साम्यूले स्वागत मन्तव्य दिनुका साथै तथा सुरक्षा विधिबारे जानकारी गराएका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरू सिरी साम्यू, डम्मर सिङ्गक, पूर्व केन्द्रीय कोषाध्यक्ष देव हुक्पा चोङवाङ, केन्द्रीय सदस्य पूर्ण मादेन, नगर सल्लाहकार राजेन्द्र खिम्दिङ लगायत अतिथिहरूको सहभागिता रहेको उपाध्यक्ष सोदिप थोप्राले जानकारी दिए ।

सम्बन्धित खवर