रेखाको निर्देशनमा दिल श्रेष्ठको कमब्याक, भदौ २६ मा आउँदै ‘माया भनेकै यस्तो होला’ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, मङि्सर ०४, २०८३

रेखाको निर्देशनमा दिल श्रेष्ठको कमब्याक, भदौ २६ मा आउँदै ‘माया भनेकै यस्तो होला’

काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । प्रेम, विवाह, विश्वास र सम्बन्धमा आउने उतारचढावलाई कथाको केन्द्रमा राखिएको फिल्म रेखाको लामो समयपछिको निर्देशनमा कमब्याक हो ।

फिल्मको केही दिनअघि शीर्ष गीतसँगै टिजर पनि सार्वजनिक गरिएको थियो । सार्वजनिक टिजरले फिल्म प्रेमकथामा मात्र सीमित नभई विवाह, बाध्यता, विश्वास र धोकाको कथामा अघि बढेको संकेत गरेको छ ।

टिजरमा दिल श्रेष्ठको जीवनमा नीति शाह र सृष्टि श्रेष्ठको प्रवेश देखाइएको छ । सुरुवातमा दिल र नीतिको सम्बन्धलाई प्रेमपूर्ण रूपमा प्रस्तुत गरिएको छ । उनीहरू सँगै हाँसेका, रमाएका र भविष्यका सपना बुनेका दृश्यपछि कथा फरक मोडमा पुग्छ ।

दिल विवाहको मण्डपमा पुगे पनि उनले माया गरेको प्रेमिका त्यहाँ नदेखिएपछि टिजरले फिल्मको मुख्य द्वन्द्वतर्फ संकेत गर्छ । ‘जुन केटीसँग म विवाह गर्न आएँ, उनी त्यो थिइनन्, जसलाई मैले माया गरेको थिएँ’ भन्ने संवादले कथामा रहेको ट्विस्टलाई थप रहस्यमय बनाएको छ ।

शीर्ष गीतले पनि फिल्मको प्रेम र भावनात्मक पक्षलाई प्रस्तुत गरेको छ । गीत र टिजर सार्वजनिक भएपछि फिल्मप्रति दर्शकको चासो बढेको निर्माण पक्षको दाबी रहेको छ ।

यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरेकी रेखा करिब आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । अघिल्ला फिल्ममा एक्सन र नारी शक्तिलाई प्राथमिकता दिँदै आएकी रेखाले यसपटक भने प्रेम तथा भावनात्मक कथालाई रोजेकी छन् ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाह मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, रवि डङ्गोल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ ।

दिल श्रेष्ठको कमब्याक
‘माया भनेकै यस्तो होला’ अभिनेता दिल श्रेष्ठका लागि पनि विशेष फिल्म हो । सन् २०११ मा ‘पर्खि राख है’बाट फिल्ममा डेब्यु गरेका दिलले त्यसपछि ‘हिरो रिटर्न्स’मा अभिनय गरेका थिए । पछिल्लो फिल्मपछि करिब ६ वर्षको अन्तरालमा उनी ठूलो पर्दामा फर्किन लागेका हुन् ।

‘हिरो रिटर्न्स’मा रेखा थापासँगै अभिनय गरेका दिल यसपटक रेखाकै निर्देशनमा मुख्य भूमिकामा देखिँदैछन् ।

टिजरमा नीति शाहलाई चञ्चल तथा प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ भने सृष्टि श्रेष्ठको भूमिका गम्भीर र रहस्यमय देखिन्छ । नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा थप आयाम ल्याउने संकेत गरेको छ ।

‘दिया एन्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा रहेको फिल्मको छायांकन सुदीप बरालले गरेका छन् ।

फिल्ममा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सुजेनी मल्ल ड्रेस डिजाइनर र प्रिया कार्की मेकअपमा छन् ।

फिल्मलाई रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले देशभर वितरण गर्नेछन् । ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

सम्बन्धित खवर