साइनोखवर, पथरी/ २ भदै
पथरी शनिश्चरे १० र शिविर क्याम भित्रका युवाहरुले “लागु औषध तथा दुर्व्यसनी विरुद्धको अभियान” जारि राखेको छ । अभियानले साउन ३१ गते आईतवार पथरी शनिश्चरे १ पथरी बहुमुखी क्याम्पस पछाडीको सुकुम्वासी बस्तिको एक परिवारबाट १.५ ग्राम ब्राउनसुगर सहित एक महिलालाई पक्राउ गरि ईलाका प्रहरी कार्यलय पथरीलाई बुझाएको छ । सोहि घरबाट सेवन गर्ने र व्यापार गर्दै आएका दाजु भाई भने फरार भएको अभियानका सदस्यले बताए ।

महिलाले बिक्रीका लागि तयार रहेको ३१ पोका ब्राउनसुगर पोल्टामा राखेकी थिन । टोल सुधार समिति मार्फत सुरु गरेको अभियानमा धेरै लागु औषध तथा दुर्व्यसनीमा फसेका युवाहरु सुधार केन्द्र र कारागार चलान भएका छन । समाज सुधार अभियानमा लागेका युवाहरुको अभियानले प्रसंसा समेत पाउन थालेको छ । उदाहरण बनेको युवाहरुको कार्य सबै वडा र टोलले अभियानका रुपमा चलाए गाउँ घरमा हुने लागु औषध तथा दुर्व्यसनी, चोरी, हिंसा र अपमानहरु न्यूनिकरण हुने देखिन्छ ।
















